हाम्रो संरचना शनिबार, चैत्र २९, २०७६ 125 Views

तनहुँ /  पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा तीन जनाको मृत्यु भएकोछ ।

ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६ः ३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट तीन जनाको शव भेटिएको छ भने मृतकको सनाखत भने भएको छैन । उद्धार कार्य जारी रहेको र अहिलेसम्म घाइते २१ जनाभन्दा बढीको उद्धार खटिएका प्रहरीले जनाएका छन् । Nagarik news online bat