लकडाउनमा के–के गर्न मिल्दैन !

 

काठमाडौं/ कोरोना संक्रमण फैलने सम्भावनालाई ध्यानमा राख्दै सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने चैत १८ गतेसम्मका लागि “लकडाउन” गरेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ दिएको अधिकार प्रयोग गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको निर्णय गरेको हो । ल

के–के गर्न मिल्दैन त !

१. औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन मिल्दैन ।

२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालन गर्न पाइँदैन ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरुबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द हुन्छन् ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुन पाउँछन् । अन्य कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले बिदा दिनुपर्नेछ ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलाकारहरुमा काम गर्ने श्रमिक कर्मचारीहरुलाई सम्बन्धित कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाउनुपर्छ ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । तर अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोली गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई नियन्त्रणमा लिदने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गरिन्छ ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी उक्त आदेशको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीले गर्ने । स्थानीय प्रशासन ऐन, २०२८ को पनि उपयोग गरिन्छ ।

८. ७. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई ऐन बमोजिम सयाय हुन्छ ।
(नेपाल सरकारको निर्णयमा आधारित)