बांकेको खजुरा गाउँपालिकाको आकस्मीक बैठक: मैटहवा क्वारेन्टाइमा ४ जना अनुसन्धानमा

१३ चैत्र, खजुरा/ बाँकेको खजुरा गाउँपालिकाले सञ्चालनमा ल्याएको मैटहवा माविको क्वारेन्टाइनमा शंकास्पद ४ जनालाई अनुसन्धानको लागी राखिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर मैटहवामा निर्माण गरिएको क्वारेन्टाइनमामानिसहरुलाई राख्न थालेपछि त्यसलाई व्यवस्थित गर्न तथा कोरोना विरुद्धको अभियानलाई अझ शसक्त पार्न बिहिबार खजुरा गाउँपालिका कार्यपालिकाको आकस्मीक बैठक बसेको छ ।

बैठकले क्वारेन्टाइन चुस्त – दुरुस्त सञ्चालन गर्नका लागी स्वास्थकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुको टिम बनाएर जिम्मेवारी दिइएको छ । क्वारेन्टाइनमा आवश्यक पर्ने बस्तु तथा सेवा एवम सामाग्रीहरुको व्यवस्थापन देखी विरामीहरुको सुरक्षालाई विषेश ख्याल गर्न समेत बैठकले सम्बद्धहरुलाई निर्देशन दिएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता रहेकाहरुलाई सांझ विहान खानको लागी वडा कार्यालयले व्यवस्थापन गर्ने गरि निर्णय गरिएको छ ।

बैठकमा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विपतको बेला जनप्रतिनिधिहरुले जनताको जिउधनको सुरक्षाको लागी खुलेर लाग्न र समन्वयकारी भुमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । कक्षपतिले सरकारले घोषणा गरेको लकडाउनलाई सबै जनताले पुर्णरुपमा पालना गर्न आग्रह समेत गरेका गर्नुभएको छ ।

बैठकमा उप प्रमुख एकमाया विक, प्रमुख प्रसासकिय अधिकृत बम बहादुर केसी, राजनितिक सल्लाहकार भिम वली, विभिन्न राजनितिकदलका प्रतिनिधि, स्वास्थ शाखाका प्रमुख पुर्ण खड्का, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख पोषणराज थपलियाले हाल सम्म भए गरेका प्रगतिको जानकारी गराउनुभएको थियो । बैठकले क्वारेन्टाइनमा आवश्यक थप सुरक्षाकर्मि माग गर्ने निर्णय समेत गरेको छ ।