बर्दियामा भारतबाट आएका १४० जना क्‍वारेन्टाइनमा


१३ चैत्र,बर्दिया/  भारतका बिभिन्न ठाउंमा मजदुरी गरी घर फर्केका १ सय ४० जनालाई बर्दिया जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका क्‍वारेन्टाइनमा राखिएको छ ।

नेपाल सरकारले सबदेशी भुमिबाट आउने जो सुकै नागरिकलाई भएपनि कोरोना भाइरस (कोभिड—१९) संभावित संक्रमित हुन सक्ने भन्दै उनीहरुलाई अनिबार्य क्‍वारेन्टाइनमा राखिएको हो ।
हाल दुई जनालाई जिल्ला अस्पताल गुलरियाको आइसोलेसनमा राखिएको मेडिकल सुपरिन्टेन डाक्टर सुभाष पाण्डेयले जानकारी दिनुभएको छ ।

नेपालको सुदुरपश्चिम नाका गड्डाचौकी हुँदै बर्दिया फर्केका २८ जनालाई बर्दियाको बारबर्दिया नगरपालिकामा १५, गुलरिया नगरपालिकामा ४, मधुवन नगरपालिकामा ४, ठाकुरबाबा नगरपालिकामा ३ र बांसगढी नगरपालिकामा २ जनालाई क्‍वारेन्टाइनमा राखिएको जिल्ल प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
मुम्बईबाट आएका १५ जनालाई गुलरियाको आदर्श जानकी आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा राखिएको छ ।
बारबर्दियाका नगर प्रमुख दुर्गाबहादुर थारुले क्‍वारेन्टाइनमा आएका सबैलाई खाने, बस्ने, ओछ्यान, खाद्यान्य, स्वास्थ्यकर्मी सबैको व्यवस्था आ–आफनो पालिकाले गरेको बताउनुभएको छ ।
जिल्लामा ६ नपा र २ गापा सबैमा स्थानीय निकायले विद्यालय, स्वास्थ्य केन्द्र र रेडक्रस भवनमा क्‍वारेन्टाइन बनाएका छन् ।