१ सय ९९ देशमा फैलिएको कोरोना भाइरसबाट करीब ६ लाख प्रभाबित,२७ हजार बढीको मुत्यू ,नेपालमा चौथो ब्यक्तीमा पोजेटिभ पाईयो


१३ चैत्र, नेपालगञ्ज / नेपालमा कोरोना भाइरस (कोभिड–१९) हालसम्म ८०२ जनाको परीक्षण गरिएकोमा चौथो ब्यक्ती कोरोना भाइरस  संक्रमित भएको पाईएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोरोना भाइरसको चौथो संक्रमण भएको ब्यक्ती पाईएको जानकारी दिनुभएको छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो।

दुबईबाट नेपाल फर्किएका ती व्यक्ति गत चैत ११ गते रुघाखोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएको र कोरोना भाइरसको शंका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा शुक्रबार कोरोना संक्रमण पाईएको थियो ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका ति ३४ बर्षिय व्यक्ति गत चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाडौं आईपुग्नुभएको थियो ।

काठमाण्डौंमा एक रात बसेर चैत ८ गते बिहान बुद्ध एयरको उडानबाट नेपालगञ्‍ज एयरपोर्ट हुदै राझां चौक सम्म इ–रिक्सा चढेर रांझा चौकबाट माइक्रो हायसमा चढेर धनगढी आइपुगेको ति ब्यक्तीले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय धनगढी स्रोतले जनाएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको घरमा उहां २ दिन बस्नुभएको थियो । घरमा बस्दा उहांको परिवार र नातागोतासँग सम्पर्क भएको थियो।

रुघाखोकी र ज्वरो आएपछि उहां आफैं अस्पताल पुगी भर्ना भएका हुनुभएको थियो । अस्पतालले उहांको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उहांमा संक्रमण भएको पुष्टि गरेको छ ।

दुबईमा बैदेशिक रोजगारीमा रहेका  घर फर्कने क्रममा धनगढी पुग्दासम्म बाटोमा कतिजनासँग उहांको सम्पर्क भयो भन्ने अझै यकीन छैन।
उपचारमा संलग्न डाक्टरका अनुसार ३४ वर्षीय ती युवाको स्वास्थ्य अवस्था हालसम्म सामन्य अवस्थामा उपचार भईरहेको छ ।

सेती प्रादेशिक अस्पतालले शुक्रबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार हालसम्म अस्पतालमा १९ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । सबैको स्वाबको नमुना परीक्षण गर्ने क्रममा हालसम्म ८ जनाको नेगेटिभ रिपोर्ट आएको छ। १० जनाको रिपोर्ट आउन बाँकी छ। ८ जना सञ्चो भएर डिस्चार्ज भइसकेका छन्।

नेपालमा हालसम्म कोरोना भाईरस प्रभाबित हाल सम्म ४ जना पाइएकोमा २ जनाको उपचार भईरहेको र २ जनाको उपचार पछी सञ्चो भएर घर फर्किसकेका छन ।
नेपालमा कोरोना प्रभाबित ब्यक्ती बिदेशबाट आएकाहरु भएकाले त्यस्ता ब्यक्तीहरु आफै वा सम्वन्धीत वडा पालिकाहरुले लगत राखेर क्यारेन्टाईनमा बसालेर सहयोग गर्न यस अघिनै सरकारले सबैलाई अनुरोध गरिसकेको छ ।

हाल सम्म १ सय ९९ वटा देशमा कोरोना भाइरस फैलिएको त्यसबाट प्रभाबित हुनेहरुको संख्या ५ लाख ९४ हजार १ सय ८८ जना रहेकोमा त्यस मध्य मर्नेहरुको सख्या शुक्रबार सम्म २७ हजार २ सय ३२ पुगेको छ । हाल सम्म १ लाख ३२ हजार ५ सय २६ जना उपचारपछी घर फर्किसकेका छन ।

 

कोरोना भाइरस: live update plz. Clicks ….