नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको टुइनेटर चिप्लीयो

नेपाल एयरपोर्टमा चिप्लीएको नेपाल एयरलाइस्को टुइनेटर जहाज फोटा : हाम्रो संरचना

१५ चैत्र, नेपालगञ्ज/ नेपाल बायुसेवा निगमको टुइनेटर जहाज अपरान्ह १२ बजे नेपालगञ्ज विमानस्थलमा रन वे मा चिप्लीएर घांसे मैदानमा पुगेको छ ।
काठमाण्डौंबाट औषधी बोकेर नेपालगञ्ज आएको नेपाल एयरलाइन्सको जहाज पश्चिमबाट पूर्व तर्फ अवतरणको क्रममा अगाढीको चक्का हल्का चिप्लीएर घासे मैदानमा गएर रोकिएको छ ।  जहाजमा २ जना डाक्टर १ जना पाइलट र १ जना को-पाइलट १ जना एयर होस्टेज गरि ५ जना रहनुभएको थियो ।

सबै ५ जना नै सकुशल रहेको रांझा स्थित बिमान स्थल स्रोतले जानकारी दिएको छ । विभिन्न अस्पतालबाट जम्मा गरिएका बिरामीको स्वाबको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याउन स्वास्थ्य मन्त्रलायले यो विमान चार्टर गरेको स्रोतले बताएको छ ।

बिमान चालकको सावधानी र कार्यकुशलताले बिमान रनवेबाट चिप्लीए पनि बिमान तथा मानबलाई कुनै क्षती भएको छैन ।

द्रुघटनाग्रस्त विमान तस्बिर सौजन्य : नेपालगञ्‍ज विमानस्थल कार्यालय