लक डाउन कहिल्य सम्म हुन्छ ? अब थपिन्छ कि नाई ? अब कति दिन सम्म चल्छ यसरी ?

कृष्ण खनाल/ लक डाउन कहिल्य सम्म हुन्छ ? अब थपिन्छ कि नाई ? अब कति दिन सम्म चल्छ यसरी ?
यस्ता प्रश्नहरु समाजका अगुवा वा केही कुरा बुझेका सुनेकाहरुले समेत गर्न थालि सकेका छन । किन भने जन आन्दोलन बाहेक अन्य कुनै कारणले लामो समय सम्म बन्द वा घरमा बस्नु नपरेका कसैले पनि यस्तो अनुभव गर्न पाएका थिएनन ।

यो एउटा अनुभव मात्र नभएर बिश्व मानव समाजमा आईपरेको गम्भीर समस्या पनि हो । यो मानव स्वास्थ्यसंग सम्वन्धीत एतिहासिक रुपमा आईपरेको गम्भीर चुनौती र समस्या हो ।यो चुनौती संग सामाना गरेर पार गर्न यसमा कुनै मानव निर्मित वा कुनै जैबिक हात – हतियार, सैन्य शक्ती धन पैसा कुनै चिजले पनि सामना गर्न नसकिने खालको समस्या हो जुन एक किसिमको सरुवा रोग संग सम्वन्धीत छ ।

कोरोना नामकरण गरिएको भाईसका कारणले हुने र मानव बाट मानवमा सर्ने यो रोगको निदान गर्ने औषधी बनी सकेको छैन ।
यसको एक मात्र उपाय भनेकै एक ब्यक्तीबाट अर्को ब्यक्तीमा सर्न नदिने र यो भाइरससंग लडन मानव शरिरमा प्रतिरक्षात्मक शक्ती बढाउनु नै यो कोभिढ-१९ लाई पस्त गर्ने एक मात्र उपाय रहेको छ ।

नेपाल सरकारले पनि यो कोरोना भाइरस सकेसम्म नेपालका मानान भित्रिन नदिन र भित्रिहाले पनि पहिलो ब्यक्तीबाट दोस्रो ब्यक्तीमा नसरोस भनेर अनेकन उपायहरु सुझाउदै नेपाली जनता बीच आफना तमाम समस्याहरुलाई थाती राखेर पनि सबै कुरा बन्द गरेर लकडाउनमा बस्न र बसाउन लागि परेको छ ।

यो लक डाउनको करीब २ हप्ता बितिसकेको छ । हरेक दिनको दैनिक ज्यालादारी गरेर जिवन निर्बाह गर्नेहरु देखि गरि खाने बर्गहरुका लागि समस्याका चांगहरुले पिरोल्न थालेको छ । नेपालको उत्तरि सिमाना संग जोडिएको छिमेकी मुलुक चाइनाको बुहान शहरबाट सुरु भएको भनिएको यो कोरोना भाइरसका कारण सर्बशक्तीशाली ठानिएको अमेरिका देखि अन्य बिकसित मुलुक इटाली, स्पेन, जापान लगायतका मुलुकमा दैनिक हजारको हाराहारीमा मुत्यू भएको बिश्व स्वास्थ्य संगठन तथा वल्डमिटर नामक संस्थाहरुले आफनो वेबसाइटहमा कोरोना भाईरसग सम्वन्धीत सूचननाहरु अपडेट गरिरहेका छन ।

बिश्वमा देखिएको यस्तो गम्भीर अवस्थामा नेपालका तथा अन्य देशका नागरि हवाइ तथा थल मार्गबाट नेपाल आवत जावत गर्ने गरेकोमा हाल यी सबै बन्द गरि नेपाल भित्रै पनि सबै नागरिकलाई घर भित्रै बस्ने गरि नेपाल सरकारले लक डाउनको ब्यवस्था गरेको छ ।
यो लक डाउनको अवधी अन्य मुलुकसंगै दक्षिण तिरको छिमेकी मुलुक भारतमा कोरानाले पार्ने असर र प्रभावको पिडा नेपाली जनतालाई पनि सताउने छ र भारतमा कोरोना नियन्त्रमा नआएसम्म नेपालमा लकडाउनको बिकल्प छैन ।

लकडाउन कहिल्य सम्म यसको उत्तर कसैसंग पनि छैन किनकी यो भाइरसको संक्रमण जहिल्यसम्म रहन्छ त्यहील्य सम्म मानीस स्वमले आफुलाई लक डाउन भित्रका नियमहरु आफै बनाएर आफनै लागि पालना गर्नुबाहेक यसको बिकल्प छैन ।

लक डाउनको समयमा सामाजिक दुरि अर्थात एक मानव देखि अर्को मानव को दुरि कम्तीमा १ मिटर टाडा बसेर भेटघाट कुराकानी वा अन्य मानव जिवनसंग सम्वन्धीत नियमित क्रियाकलाप गर्ने गराउने देखी आंशकिंत बिरामी आफै घरमै आइसोलेसनमा बसेर उपचार प्रक्रियामा जाने मानव तौर तरिका आनीबानी नपरुन्जेल सम्म यसको बिकल्प छैन ।

त्यसैले यो लक डाउनकै पछाडी पर्नु भन्दा बिस्तारै यसलार्य हरेका ब्यक्तीले लक डाउन गर्नुको कारण र मर्म बुझेर यसलाई उचित पालना र कार्यन्वयन गदै जाने बानीको बिकास गर्न जरुरी छ र यसरी नै सामाजिक जिवनलाई कोरोनाको असर र प्रभावको मुल्याकन गरेर बिस्तारै सामाजिक जनजिवनलाई सामान्यकरण गदै अगाढी बढनु पर्दछ ।

यो कुनै ठोस होइन कि आज हुने भोली नहुने त्यसैले यो भाइरसंग लडन सकने मानव शक्तीको क्षमतामा बिकास नहुन्जेल यो भाईरस सर्ने सम्भावना रहन्छ । यसलाई मानव शरिरले पचाउन सक्ने क्षमता बिकास गदै  बिस्तारै यो कारोना भाइरसले सिकाएका मानव  पा्रणी बीच समाजिक दुरि कायम राख्दै बिमार ब्यक्तीहरु आफै सचेत भएर अरुलाई सार्न बाट बच्नु र बचाउन तर्फ लाग्नु पर्दछ । यसका लागि नेपाली जनतालाई चेतना जगाउन सिकाउनका लागि गरिएको लकडाउन अझै केही दिन लम्बीने सम्भावना छ र यसलाई बिस्तारै मानवले  ब्यवस्थापन गदै अगाडी बढेमा समाजमा  कोरोनाको कहर हराएर जानेछ ।