(कोभिड–१९) महामारी र ‘लकडाउन’को समय परिवार वा नातेदारमा कोही गर्भवती हुनुहुन्छ भने तपाईंहरूको चिन्ता दोब्बर हुनु स्वाभाविक हो ।
अझ बच्चा जन्मिने दिन नजिकिएको घडीमा कोरोना संक्रमणले केही बिगार गर्छ कि भन्ने त्रास हुने नै भयो । कोरोना संक्रमण देखिए हुर्किंदै गरेको बच्चालाई असर पर्छ कि पर्दैन भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।
गर्भवती भएको बेला महिलाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ, यस्तो बेला महामारीबाट जोगिन उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाको बढी नै ख्याल राख्नुपर्छ ।
गर्भवती महिला र उनको परिवार भिडभाडमा नजाने तथा घरमा सबैले नियमित साबुन पानीले हात धुने गर्नुपर्छ ।
घरभित्र बसेर नियमित व्यायाम, योग र प्रशस्त झोल पदार्थ सेवनले प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुग्छ ।
सुत्केरी तथा गर्भावस्थामा कोरोना भाइरसको संक्रमण भएका आमाबाट जन्मिने शिशुलाई कोरोनाभाइरसको संक्रमण हुन्छ कि हुँदैन भन्ने प्रश्नले पनि धेरैलाई सताएको हुन सक्छ ।
यस्तै, आमालाई कोरोना भाइरसको संक्रमण हुँदा नवजात शिशुलाई स्तनपान गराउँदा बच्चामा पनि संक्रमण सर्छ कि सर्दैन भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ ।
के गर्भवतीहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?
कोरोना भाइरस संक्रमणका असरहरु बुझ्न हाल वैज्ञानिकहरु अनुसन्धानमै छन् ।
सीमित तथ्यांकका कारण अहिलेको अवस्थामा उनीहरु आममानिसको तुलनामा उच्च जोखिममा हुन्छन् भन्ने कुनै ठोस प्रमाण छैन ।
तर पनि शारीरिक र रोग प्रतिरोधात्मक प्रणालीमा हुने परिवर्तनका कारण गर्भवतीहरु श्वासप्रश्वास सम्बन्धी जटिल संक्रमणबाट प्रभावित हुन सक्छन् ।
तसर्थ, कोरोना भाइरसबाट आफूलाई बचाउन उनीहरुले सावधानी अपनाउन र सम्भावित लक्षणहरु (ज्वरो, खोकी, श्वास फेर्न गाह्रो भएमा) स्वास्थ्यकर्मीको सल्लाह लिन जरुरी हुन्छ ।
गर्भवतीहरु कोरोना भाइरसबाट कसरी बच्ने ? कोरोनाको संक्रमणबाट जोगिन अन्य व्यक्तिले जस्तै गर्भवतीले पनि आवश्यक सावधानी अपनाउनुपर्छ पटक–पटक साबुन पानी वा अल्कोहल मिश्रित हात धुने झोल प्रयोग गरेर बारम्बार हात धुने ।
आफू र अन्य व्यक्तिबीच दूरी कायम राख्ने । आफ्नो आँखा, नाक र मुख हातले नछुने । श्वासप्रश्वास सम्बन्धि सरसफाइमा ध्यान दिने ।
खोक्दा वा हाँच्छ्यु गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्ने । त्यसपछि प्रयोग भएको रुमालको उचित विसर्जन गर्ने । य
ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्छ । स्वास्थ्य संस्था जानुअघि फोन गरेर सम्पर्क गर्नुपर्छ ।
त्यसपछि स्वास्थ्य संस्थाको सल्लाहअनुसार चेकजाँच गर्नुपर्छ । गर्भवती र भर्खरै सुत्केरी भएका आमाहरु तथा कोरोना भाइरस संक्रमण भएका आमाहरु नियमित जाँच गराउन स्वास्थ्य संस्थामा जानुपर्छ ।
के गर्भवतीले कोरोना भाइरसको जाँच गर्नुपर्छ ?
तपाई बसोबास गर्ने क्षेत्रको आधारमा कोरोनाभाइरस जाँच सम्बन्धि प्रोटोकल र योग्यता फरक पर्न सक्छ ।तथापि विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोनाको लक्षण देखा परेका गर्भवतीलाई जाँचका लागि प्राथमिकता दिनुपर्छ ।
गर्भवतीलाई कोरोना संक्रमण देखा परेमा उच्चस्तरीय स्याहार आवश्यक पर्न सक्छ ।
के कोरोना संक्रमित आमाबाट गर्भमा रहेको शिशु वा नवजात शिशुमा संक्रमण सर्न सक्छ ?
गर्भवती आमाबाट गर्भमा रहेको शिशुलाई कोरोना संक्रमण सर्न सक्दैन तर नवजात शिशु वा बच्चामा उच्च जोखिम हुन्छ । सावधानी अपनाउनुपर्छ ।
गर्भावस्था र प्रसुतिको समयमा के केस्ता स्याहार उपलब्ध हुनुपर्छ ? गर्भवतीले झैं कोरोना संक्रमण पुष्टि भएका वा आशंका गरिएका आमालगायत अन्य सबै गभर्वतीले प्रसुति र त्यसपछिको समयमा गुणस्तरीय स्याहारको उपभोग गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । यसमा एन्टी–नेटल, जवजात शिशु, पोष्ट–नेटल र मानसिक स्वास्थ्य सम्बन्धी स्याहार पर्दछन् ।
एउटा सुरक्षित र सकारात्मक प्रसव अनुभवका लागि निम्न कुराहरु आवश्यक छन् । सम्मानपूर्ण र मर्यादित ढंगले उपचार र स्याहारको उपभोग गर्न पाउनुपर्छ । प्रसुतिको समयमा आफुले चाहेको साथीलाई आफ्नो साथ राख्न पाउनुपर्छ ।
बुझ्ने भाषामा प्रसुति कक्षका स्वास्थ्यकर्मीबाट परामर्श पाउनुपर्छ । दुखाइबाट छुटकाराका लागि उपयुक्त उपचार पाउनुपर्छ । सम्भव भए प्रसुतिको समयमा हिँडडुल गर्न पाउनु र आफूले रोजेको आसनमा प्रसुति गर्न पाउनुपर्छ ।
यदि कोरोना संक्रमणको आशंका गरिएको वा पुष्टि भएको खण्डमा स्वास्थ्यकर्मीहरुले आफ्नो तथा अन्य बिरामीहरुलाई हुन सक्ने संक्रमणको जोखिम न्युनीकरण गर्नका लागि उचित सावधानी अपनाउनु पर्छ । सासुरक्षाका सामग्रीहरुको उचित प्रयोग गर्नुपर्छ ।
कोरोना भाइरस संक्रमणको पुष्टि भएका वा आशंका गरिएका गर्भवतीलाई शिशु जन्माउन शल्यचिकित्सा आवश्यक छ ? छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार चिकित्सकीय आवश्यकता भएको अवस्थामा मात्र शल्यचिकित्सा गर्नुपर्छ ।
कोभिड-१९ संक्रमित आमाले स्तनपान गराउन सक्छिन् ? कोरोना संक्रमित आमाले चाहेको खण्डमा स्तनपान गराउन सक्छिन् ।
यसका लागि : स्तनपान गराउँदा श्वासप्रश्वास सम्वन्धी सरसफाइको अभ्यास गर्ने, सम्भव भएसम्म मास्क लगाउनु पर्छ । शिशुलाई छुनुपूर्व र छोएपछि हात धुनुपर्छ ।
आफुले छोएका सामानहरु नियमित निर्मलीकरण गर्नुपर्छ । कोरोना भाइरसबाट संक्रमित भएमा आफ्नो शिशुलाई छुन वा काखमा बोक्न हुन्छ ? हुन्छ ।
नजिकको संसर्ग र स्तनपान समयमै सुरु गर्नाले र पूर्ण रुपमा गर्नाले नवजात शिशुलाई स्वस्थ रुपमा हुर्कन मद्दत पुग्छ । निम्न अवस्थामा सहयोग हुनुपर्छ । श्वासप्रश्वास सम्बन्धि सरसफाइका कुराहरु अँगाल्दै सुरक्षित तरिकाले स्तनपान गराउन सकिन्छ ।
छालादेखि छालासम्मको संसर्गमा नवजात शिशुलाई राख्ने । नवजात शिशुसँग एउटै कोठामा बस्ने । नवजात शिशुलाई छुनुपूर्व छोइसकेपछि आफ्नो हात धुनुपर्छ । त्यसपछि सबै सामानहरुको सरसफाइ गर्नुपर्छ ।
कोरोना भाइरस संक्रमणको कारण सिधै स्तनपान गराउने अवस्थामा छैन भने के गर्ने ?
यदि कोरोना भाइरस वा अन्य जटिल रोगको कारण अशक्त भई स्तनपान गराउन नसकेको अवस्थामा सम्भव, सुलभ र स्वीकार्य हुने किसिमबाट शिशुलाई सुरक्षित तरिकाले आमाको दुध खुवाउन सहयोग पु-याउनु पर्दछ ।
यसका लागि निम्न विधि अपनाउन सकिन्छ:-
आमाको स्तन निचोरेर दुध निकाल्ने । के
समय स्तनपान बन्द गरेर पुनः स्तनपान गराउने ।
शिशुलाई अरु कुनै स्वस्थ आमाको दुध खुवाउने/हेल्थ आवाज वाट लिइएको
हाम्रो संरचना । ७ बैशाख २०७७, आईतवार ०८:५४