नेपालगञ्जमा कोरोनाको ज्वरो नाप्ने गनमा कालाबजारि गर्ने रञ्जीत कार्बाहीमा

# अनु आर्चाय#

११ बैशाख, नेपालगञ्ज/  बिश्व भरि कोरोनाको महामारी फैलिरहेको समयमा नेपालगञ्जमा मेडिकलका समान बिक्रेता भने कालोबजारि गरेर रातारात करोडपति बन्ने कार्यमा उद्धत रहेको पाइएको छ ।

नेपालगञ्जको सुर्खेतर रोड स्थित ओम पार्टी प्यालेस सगै जोडिएको रञ्जीत सिंहले सञ्चालन गरिरहेको लाइफ कियर सर्जिकल फर्ममा केही दिन देखी कोरोना प्रभाबित ब्यक्तीको तापक्रम मापन गर्ने इन्फडर इलेक्ट्रोनिक्स थर्मोमिटर गन बिक्रीमा काला बजारि गरिरहेको पाइएको हो ।

बांके स्थित जिल्ला प्रशासन, औषधी ब्यवस्था बिभाग वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्ण प्रशाद पौडयाल, जिल्ला प्रहरी कार्यालय तथा सहयोगीहरु र उपभोक्ता हित संरक्षणम मञ्च बांकेका अध्यक्ष तथा अधिवक्ता वसन्त गौतम समेतको टोलीले बुधबार बजार अनुगमनको क्रममा लाइट केयर सर्जिकलले इन्फडर इलेक्ट्रोनिक्स थर्मोमिटर गन २० प्रतिशत भन्दा बढी लगेर बिक्री गरेको पाइएपछी कार्बाही गरेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

यस अघि निशुल्क लेखिएको स्यानीटाइजर लिमिटेड कम्पनिहरुलाई बिक्री गर्ने दीपक अग्रवालको कमला मिडिसिन दरो खर्च बावजुद पनि के कस्तो कार्बाही भएको भनी सार्जजनिक नगरेको अनुगमन समितिले बुधबार सोही कमला मेडिसिनमा पहिल्य काम गर्ने ब्यक्ती रञ्जीत सिंहले सञ्चालन गरेको लाइट केयरले इन्फडर इलेक्ट्रोनिक्स थर्मोमिटर गन परल मुल्य भन्दा २० प्रतिशत बढी लगेर अपभोक्ता संरक्षण ऐन २०७५मा ब्यवस्था भएअनुसार काला बजारिकरण गर्ने रञ्जीत सिहको लाइट केयर सर्जिकल फर्मलाई पहिलो पटक रु २ लाख जरिवाना गरेर उक्त गन जफत गरि छोडिएको अनुगमन समितिका सदस्य तथा अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभएको छ ।

समितिले अपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा २ को  (न) अन्तरगतको कालाबजारी कसुर गरेको पाइएकोले सोही ऐनको दफा ३९ को खण्ड ९ख० अन्तरगत न्यूतम जरिवाना गरिएको छ । उक्त दफामा कालाबजारीकरण गरे पहिलो पटक र बिगो हेरि न्यूनतम २ लाख देखि ५ लाख सम्म जरिवाना गर्ने कानुनी ब्यवस्था रहेको छ ।

यस अघि पनि अनुगमन समितिले नेपालगञ्जको बाइपासमा सञ्चालनमा रहेको मेडिहिल्सलाई स्यानीटाइजर बिक्री काण्डमा कार्बाही गरेको थियो ।