हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 430 Views

 

आलम खान

सामान्यतया बोलिचालिको भाषामा मानव अधिकार रक्षक भन्नाले मानव अधिकारको क्षेत्रमा काम गर्ने ब्यक्ति भनेर बुझिन्छ ।

मानव अधिकारको क्षेत्रमा संघ सस्थाले पनि मानव अधिकार रक्षकको रुपमा काम गर्दछन । यसरी काम गर्ने सस्था स्थानिय, क्षेत्रीय, राष्ट्रिय वा अन्तराष्ट्रिय सस्था पनि हुन सक्छन ।

मानव अधिकार रक्षकको रुपमा निजामती कर्मचारी तथा निजी क्षेत्रमा कार्यरत कार्यालयका कर्मचारिले पनि काम गर्न सक्छन तर त्यो ब्यक्ति, समुह वा संघ सस्थाले मानव अधिकार हन्नको अन्त गर्न तथा संबिधान, ऐन कानुन, सन्धि महासन्धि, मानव अधिकारको मुल्य र मान्यताले प्रत्याभुत गरेका ब्यक्तिका आधारभुत स्वतन्त्रताको रक्षार्थ काम गरेको हुनु पर्छ ।

मानव अधिकार रक्षकले गरेको कार्यले अरुको अधिकारको हन्न गरेको हुनु हुदैन । मानव अधिकार रक्षकको रुपमा काम गर्न कुनै ज्याकेट, टोपी, लिंग, उमेर, भौगोलिक क्षेत्र, जाती, रंग, पेशा वा भुमिकाले छेक्दैन । मानव अधिकार रक्षकले पेशागत रुपमा वा छोटो समयमा पारिश्रमिक लिएर वा नलिई, जाकेट र टोपी लाएर वा नलाएर यो नै हुनै पर्छ भन्ने त्यस्तो कुनै योग्यता निर्धार गरिएको नभए पनि केहि आधारभुत बिशेषता र गुणको भने आवश्यकता पर्दछ भनेर संयुक्त राष्ट्र संघले तयार पारेको मानव अधिकार रक्षकको घोषणा पत्र १९९८ मा उल्लेख भएको पाईन्छ ।

मानव अधिकार रक्षकले निर्शत सबै किसिमका मानव अधिकारलाई सम्मान गर्नु पर्दछ । मानव अधिकारको क्षेत्रमा २० बर्ष काम गर्ने तर मानव अधिकारको बिश्वब्यापि मान्यता स्वीकार गर्दैन भने त्यो ब्यक्ति सस्था मानव अधिकार रक्षक हुन सक्दैन ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने तर दलित महिलाको अधिकारको सम्मान गरेन भने त्यो ब्यक्ति मानव अधिकार रक्षक हुन सक्दैन मानव अधिकारको आँखामा सबैलाई समान तरिकाबाट हेर्ने नसक्ने ब्यक्ति मानव अधिकार रक्षक हुन सक्दैन तर नेपालमा भने यस्तो पनि नभएको होईन । यहाँ मानव अधिकार रक्षकलाई पनि मनपरि तरिकावाट नामाकरण गरिएको छ ।

कसैलाई महिला अधिकारकर्मी भनिएको छ, कसैलाई दलित अधिकारकर्मी, कसैलाई दलित महिला अधिकारकर्मी, कसैलाई पहाडी मानव अधिकारकर्मी भनिएको छ भने कसैलाई मधेसी मानव अधिकारकर्मी, कसैलाई आदिवासी जनजाती अधिकाकर्मी भनिएको छ भने कसैलाई बाल अधिकारकर्मी, त्यतीमात्र हैन अहिलेत मानव अधिकार रक्षक वा सस्थालाई राजनीतिक आस्थाको भरमा पनि छुटयाउने गरिएको छ ।

मानव अधिकार रक्षकलाई काग्रेस, एमाले, माओवादी तथा मधेसीपार्टीको अधिकारकर्मी भनेर भन्न थालिएको छ भने मानव अधिकारको क्षेत्रमा काम गर्ने सस्थालाई पनि राजनीतिक दलसंग जोडेर हेर्ने र उक्त सस्थामा काम गर्नका लागि सोहि दलका सदस्यमात्र मानव अधिकार रक्षक हुन सक्ने चलन आएको छ भन्दा कसैको चित्त नदुखला ।

जसलाई जे नामाकरण गरिएको भएपनि सबैको उदेश्य मानव अधिकारको संरक्षण गर्ने भएकाले सबैलाई हिमाली पहाडी दलित आदिवासी अधिकारकर्मी भन्नुको सटा मानव अधिकार रक्षक, वा मानव अधिकारकर्मीका नामले बोलाईनु र मानव अधिकारलाई राजनीतिक दलसंग नजोडेर पीडितको मानव अधिकारको संरक्षणका लागि स्वतन्त्र तथा निष्पक्ष रुपमा काम गर्नु साँन्र्द्भिक हुन्छ तर त्यतीमात्रै पनि कहाँ होर राज्यका जिम्मेवार निकायले समेत मानव अधिकार रक्षकलाई मानव अधिकारवादी वा डलरवादी भनेर बोलाउने चलन सिहदरवार देखि कालापानि सम्मनै चलेको छ । मानव अधिकार रक्षकले मानव अधिकारको रक्षार्थ गर्ने सम्पूर्णकार्य शा्िन्तपुर्बक गरिनु पर्छ ।

हिंसात्मक कार्यकम वा गतिबिधि मानव अधिकार रक्षकको कार्य हुन सक्दैन । कानुनको शासनको सम्मान गर्नु मानव अधिकार रक्षकको सबै भन्दा ठुलो धर्म होे भने स्वतन्त्र र निष्पक्ष र गोपनियता मानव अधिकार रक्षकको गायत्री मन्त्र हो ।

हिंसा गर्ने, कफ्र्यु तोडने, ढुगां मुढा गर्ने, शारिरीक क्षति पुरयाउने तथा अन्य क्षतिका बिधि अवलम्वन गर्ने गरि काम गर्ने ब्यक्ति सस्था जो कोहि भएपनि मानव अधिकार रक्षक हुन सक्दैन । मानव अधिकार रक्षकले बफादार कुकुरको भुमिका निर्वाह गर्न सक्छन तर टोक्ने कुकुर बन्न सक्दैन्न किनभने मानव अधिकार रक्षकले अधिकारको प्रत्याभुति दिन सक्दैन्न । दोषिलाई कार्यवाहि गर्न सक्दैन्न ।

अन्तराष्ट्रिय दायित्व लिन सक्दैन् ता पनि नदीमा पुलको काम गर्दछन, बिमारीलाई औषधीको काम गर्छन भने खाडलमा परेकालाई खाडल बाहिर सम्म निकालि दिन्छन, आवाज बिहिन तथा पछाडि पारिएका ब्यक्ति वा समुहका हक अधिकारको बारेमा वकालत गर्दछन । यी र यस्ता कार्यले मानव अधिकारको संरक्षणमा मानव अधिकार रक्षकको महत्वपूर्ण भुमिका हुदाहुदै पनि बिभिन्न आन्दोलनको क्रममा मानव अधिकार रक्षकले प्रयोग गरेका सवारी साधनमा आगजनी गर्ने, मानव अधिकार रक्षक लाई आगो लगाउन खोज्ने, दुब्र्यवहार गर्ने जस्ता कार्य गर्ने र अर्को तर्फ मानव अधिकार रक्षकले निरन्तर घटनाको अनुगमन गरि दिनु प-यो हामी रक्षकलाई निर्बाध रुपमा अनुगमनको वातावरण तयार पार्छो भनी मुखमा राम राम बगलीमा छुरा जस्तो गरि हिडने आन्दोलनकारीका नेताको ब्यवहारबाट समेत आज अन्र्तराष्ट्रिय जगतमा नेपालका मानव अधिकार रक्षकको सुरक्षा र आन्दोलन कारीको चरित्र प्रति गंभिर प्रश्न खडा भएको छ ।

मानव अधिकारको संरक्षण र सम्वद्र्धन गर्न सारोकारवाला पक्षलाई दवाव दिने, मानव अधिकार उल्लघनका घटनालाई बाहिर ल्याउने, दोषिलाई कारवाहिका लागि तथा पीडितलाई न्यायका लागि पहल गर्ने, मानव अधिकारको बिरुद्धमा रहेका कानुन, प्रथा, परम्पराको समय सापेक्ष परिवर्त गर्नका लागि दबाब मुलक कार्य पनि मानव अधिकार रक्षकले गर्न सक्छन । आम नागरिकको चेतना अभिबृद्धि मानव अधिकार रक्षकको अर्को महत्वपुर्ण काम हो ।

यस्कालागि पूर्ब मेचि देखि पश्चिम महाकाली सम्म बिबिध प्रकारका कार्यक्रम संचालन गर्ने, पुस्तक प्रकाशन गर्ने, नाटक प्रर्दशन गर्ने काम पनि मानव अधिकार रक्षकले गरिरहेका छन् । मानव अधिकार रक्षकले मानव अधिकारको संरक्षणमा राज्य सरकारले गरेका कमि कमजोरीलाई औल्याई मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि सल्लाह र सुुझाव दिन सक्छन । यसरी मानव अधिकार रक्षकले शक्ति बिहिनहरुको लागि राज्य पक्ष तथा अन्य दृष्य अदृष्य शक्तिधारी पक्षको विरुद्धमा काम गर्दा बिभिन्न किसिमका चुनौतीको सामना गर्न मानव अधिकार रक्षक तत्पर हुनु पर्दछ ।

प्रायजसो मानव अधिकार रक्षकको जीवन जोखिममा रहेको हुन्छ । मानव अधिकार उल्लंघन गर्ने पक्षले मानव अधिकार रक्षकका बिरुद्धमा प्रतिशोधको भावनाले ज्यानमार्ने धम्की, कुटपीट, अपहरण, बेपत्ता, हत्या, पक्राउ तथा थुनामा राख्ने गर्दछन । कहिले काहि भने मानव अधिकार रक्षकलाई स्वतन्त्रतापुर्बक आवत जावत, स्वतन्त्र अभिब्यक्ति, सभा सम्मेलनमा सहभागितामा रोक लगाउने र मानव अधिकार रक्षकलाई झुटा मुदामा फसाउने सम्मका कार्य नेपाली इतिहासमा नभएका होईन्न । मानव अधिकार रक्षकको रुपमा काम गर्दा यस्ता विविध समस्या अन्य पेशाकर्मीको तुलनामा बढी ब्यहोर्नु पर्ने, राज्य तथा विद्रोही संगठनको आँखाको तारो भएर काम गर्नु पर्ने बाध्यतामा बाँचिरहेका मानव अधिकार रक्षकको अधिकारको संरक्षणका लागि उचित तथा शीघ्र उपचारको अधिकार, सुरक्षित स्थानमा सरणलिन पाउने अधिकार, सुचना तथा घटनामा पहुचको अधिकार, संगठित हुन पाउने, सभा सम्मेलन गर्न पाउने, स्तन्त्रतापूर्वक बिचार अभिव्यक्त गर्न पाउनेजस्ता अधिकारको खाँचो छ ।

जसको लागि मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ सस्था तथा मानव अधिकार रक्षकबिच समन्वय, सहकार्य र एकताको खाँचो छ भने राज्यले समेत मानव अधिकार रक्षकलाई हर्ने दृष्टिकौणमा साकारात्मक परिवर्तन गरी आफ्नो दायित्व पुरा गरेमा केही हदसम्म भए पनि मानव अधिकार रक्षकको अधिकारको संरक्षणका लागि मानव अधिकार रक्षक दिवस मनाएको सार्थक हुन्थ्यो कि ?

मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति स्वयं असुरक्षित हुँदा मानव अधिकार पीडितले न्याय नपाउने तथा मानव अधिकारको उल्लघनको विरोध नहुँदा मानव अधिकार उल्लंघनकर्ताको मनोबल बढने अवस्थाई मध्यनजर गरेर संयुक्त राष्टसंघले मानव अधिकार रक्षकको अधिकार, मानव अधिकार रक्षकको सुरक्षामा राज्यले निर्वाह गर्नु पर्ने भुमिका, मानव अधिकार रक्षको सुरक्षमा अन्य पक्षको दायित्व, मानव अधिकार रक्षकको नागरिक समाज तथा राष्ट्रप्रतिको दायित्वलाई समेटेर १९९८ डिसेम्वर ९ मा २० वटा धारा रहेको मानव अधिकार रक्षक घोषणा पत्र जारि गरेको छ । जस्को फलस्वरुप बिबिध कार्यक्रमको आयोजना गरि डिसेम्वर ९ अर्थात मानव अधिकार रक्षक दिवस मनाउनाले केहि मात्रामा भए पनि मानव अधिकारको सस्कृतिको बिकासमा टेवा पुग्ने छ ।

THRD Alliance/ FNJ Banke