नेपालगञ्जमा कोरोना पोजेटिभ ब्यक्तीको खजुरा क्यान्सर अस्पतालमा उपचार

१९ बैशाख,नेपालगञ्ज/  कोरोना भाइरस (कोभिड–१९)  रोकथाम तथा नियन्त्रणका लागि नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा पिसिआर प्रबिधि द्धारा गरिएको परिक्षणमा १ जना ब्यक्तीमा कोरोना पोजेटिभ देखिएको छ भने १ जनामा शंका लागेर पुन टेस्ट रिपोर्ट पठाएकोमा शुक्रबार सांझ सम्म रिपोर्ट आईपुगेको छैन ।

नेपाल–भारत सिमावर्ती बांके जिल्लामा कोरोना भाइरस प्रभाबित ब्यक्तीहरुको खोज–तलास गरि परिक्षण गर्ने क्रममा बिहिबार नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा गरिएको परिक्षणमा २ जना ब्यक्तीमा कोरोना पोजेटिभको देखिएकोमा  थप पुष्टीका लागि उक्त नमुना परिक्षणका लागि काठमाण्डौं पठाइएको थियो ।

कोरोना भाइरस आशंकित प्रभाबित ब्यक्तीहरुको स्वाव संकलन गरि नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा स्थापना गरिएको ल्याबमा चेक जांच गर्ने क्रममा १ जनामा पोजेटिभ देखिएको र उक्त नमुनाको थप पुष्टी गर्न राष्टिय प्रयोगशाला टेकुमा पठाइएकोमा त्यहांबाट पनि १ जना पोजेटिभ देखिएको १ जनामा शंका लागेर पुन टेस्ट को लागि स्वाब पुन: पठाईएको छ ।

बांके जिल्लामा गठन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण अप्रेशन टिम { कोभिड–१९ )क्राइसिस म्यानेजमेन्ट सेन्टरले क्यारेन्टाइनमा बसेका आशंकित ब्यक्ती र धार्मिक गुरु तथा अगुवाहरुको सम्वन्धीत ठाउंमा नै गएर स्वाव लिएर पिसिआर प्रबिधिद्धारा कोरोना भाइरसको चेक जांच गर्ने क्रममा धम्बोजी मस्जिद बस्नुभएका ब्यक्तिमा आशंकित  र अन्सारी मस्जिदमा मोअज्जिन कोरोना भाइरस पोजेटिभ देखिएको  रिपोट प्राप्त भएको बांके स्थित सुरक्षा निकायले पुष्टी गरेको छ ।

नेपालगञ्जमा कोरोना पोजेटिभ पाइएका ब्यक्तीहरुमा नेपालगञ्जको महेन्द्रपार्क देखि पूर्व पटटी रहेको अन्सारी मस्जितमा रहनुभएका ६० बर्षिय कोरोना पोजेटिभ देखिएको र धम्बोजीका २४ बर्षिय युवाको अवस्था शंकास्पद रहेको छ ।

उक्त  रिपोर्ट पछी जिल्लामा बिहिबार सांझ नै आकस्मिक बैठक बसि लकडाउनलाई थप कडाईका साथ पालना गर्न गराउन बिहान १० बजे सम्म अति आवश्यक बस्तु खरिद बिक्रीमा केही छुट दिए पनि १० बजेपछी कडाईका  साथ लकडाउनको पालना गर्ने सुचना जारि गरिएको थियो ।

शुक्रबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर बांकेको बैठक बसि नगरमा कोरोना पोजेटिभ केस भेटिएको सम्वन्धमा केन्द्रबाट आउने बिशेष टोली सहित सबै सरकोरवाला पक्षसंग समन्वय गरेर अगाढी बढने निर्णय गरिएको छ ।

जिल्लामा रहेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ले कोरोना पोजेटिभ पभाबित ब्यक्तीहरुका लागि आवश्यक्ता हेरेर नेपालगञ्जमा साधरण देखि भेन्टीलेटर सम्मका अस्पताल तथा सेन्टरहरुको ब्यवस्था गरेको छ ।

शुक्रबार बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको अध्यक्षतामा बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सबै सरोकारवालाहरुसंग समन्वय गरेर अगाढी बढने र नेपालञ्जमा कोरोना पोजेटिभ ब्यक्तीहरुलाई खजुरा स्थित शुशिल कोइराला क्यान्सर हस्पिटलमा निर्माण गरिएको बिशेष सुबिधा सम्पन्न अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरेको छ । हाल दुबै जनालाई खजुरा स्थित अस्पतालमा लगिएको छ । दुबै जनाको अवस्था सामन्य रहेको छ ।

त्यसैगरि रुपन्देहीको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा पिसिआर प्रबिधिद्धारा गरिएको परिक्षणमा १ जना २५ बर्षिय युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले एक प्रेस नोट जारि गरि जानकारी दिनुभएको छ ।