नेपालगञ्जमा कोरोना पोजेटिभ देखिनु अघि र पछी कोभिड–१९ क्राइसिस म्यानेजमेन्टले के–के काम ग–यो !

२१ बैशाख, नेपालगञ्ज/  नेपालगञ्जमा एक जना ६० बर्षिय ब्यक्तीमा कोरोना भाईरस पोजेटिभ पाईएपछी बांके स्थित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र त्यसलाई सहयोग गर्न केन्द्रबाट आएको बिशेषज्ञ सहितको टोलीका सदस्यहरुले नेपालगञ्जमा सक्रिय सहायता कार्य अगाढी बढाएका छन ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ५ फुलटेक्रा लाइनमा घर भई वडानम्बर ८ महेन्द्रपार्कको पूर्वपटटी रहेको अन्सारी मस्जिदका मोअज्जीन (धार्मिक कार्य सहयोगी ) तथा सोही ठाउंमा रहेको मदरसा एवम निजि घरहरमा रहेका बालबालिकाहरुलाई समेत शिक्षण सहयोगी गरिरहनु भएका ६० बर्षिय उक्त ब्यक्ती सामन्य अवस्थामा रहेको र हाल खजुरा स्थित अस्पतालमा चिकित्सकको निगरानीमा आइसोलेसनमा बस्नुभएको छ ।

नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा रहेको कोरोना भाइरस परिक्षण ल्याबमा सुरु परिक्षणमा १ जनामा कोरोना पोजेटिभ र १ जनामा शंकास्पद देखिएकोमा उक्त रिपोर्टको क्रस चेक तथा भेरीफाइका लागि काठमाण्डौं को टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाइएकोमा ६० बषिय मोअज्जीनमा पोजेटिभ देखिएको र धम्बोजी स्थित मस्जिदमा बस्ने २४ बर्षिय एक युवकमा सुरुमा शंकास्पद रिपोर्ट आएकोमा पुन चेक जांचको क्रममा नेगेटिभ पाइएको बांके स्थित जिल्ला स्वास्थय सूचना अधिकृत नरेश ले मिडिया मार्फत आधिकारिक रुपमा सार्वजनिक गरिसक्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको अध्यक्षतामा गठन गरिएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्र तथा प्रदेश सरकारको समेत सहयोगमा नेपालगञ्जमा कोरोना पोजेटिभ पाइएपछी थप सक्रियता बढाएको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट समितिमा राजनितिक दल तथा बिभिन्न निकायमा निर्बाचित जनप्रतिनिधिहरु, सबै सुरक्षा अंगका राष्ट्र सेवक कर्मचारिहरु, स्वास्थ्य कर्मिहरु, बिभिन्न सामाजिक संघ/संस्थाका प्रतिनिधिहरु समेत सहभागी रहेको छ ।

बांके जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले नेपालगञ्जमा १ जना कोरोना पोजेटिभ देखिनु अघि र पछी गरेका केही कामहरु संक्षेपमा……

  • केन्द्र तथा प्रदेश सरकारको निर्णय कार्यन्वयन गर्दे जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर गठन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आवश्यकता अनुसार बिभिन्न उप–समितिहरु गठन ।
  • केन्द्रीय सरकारको लकडाउनको जिल्लामा कार्यन्वयन र सबै राजनितिक दल तथा जनप्रतिनिधिहरुलार्य स्वयम सेवकको रुपमा परिचालित गर्ने ।
    लकडाउन तथा यो समस्यासंग जुध्न स्थानिय स्वास्थ्य ऐन २०२३ अनुसार अगाढी बढने ।
  • सिमा नाका सिल गर्दे सिमामा आएका समस्याहरु दुबै देशका स्थानिय सुरक्षा अधिकारीहरुकोसंग समन्वय र सहकार्य ।
  • सिमानामा आइपुगेका ब्यक्तीहरुलाई स्थानिय सरकारको सक्रीय सहभागीतामा ब्यवस्थापन गर्ने ।
  • केन्द्र, प्रदेश तथा स्थानिय निकायको सहयोगमा क्यारेन्टाइन तथा आइसोलेसन अस्पताल ब्यवस्थापन गर्ने ।
  • स्थानिय निकायहरु द्धारा सामन्य खालका मास्क, साबुन तथा राहत बितरण गर्दे आवश्यक्ता अनुसार बिभिन्न ठाउंमा सेनिटाइज गर्ने ।
  • नेपालको पूर्वी जिल्लाको अध्ययनको आधारमा नेपालगञ्जमा पनि स्थानिय सबैको सहयोग र आग्रहमा सबै धार्मिक तथा सम्भाबित क्षेत्रमा कोरोनाको परिक्षण बढाउने निर्णय र आईतबार सम्मा भेरी अञ्चल अस्पतालमा बिभिन्न लट गरि २ सय ५० भन्दा बढीको जनाको परिक्षण  ।
  • बांके जिल्लाका सम्भाबित सबै क्षेत्रहरुमा रहेका ब्यक्तीहरु रहेको ठाउंमा अत्यन्त मंहगो प्रबिधि पिसिआरबाट कोरोना परिक्षण गरि  कोरानाबाट बचाउन सबै सक्रिय ।
  • नेपालगञ्जमा कोरोना पोजेटिभ पाइएपछी पुन: आकस्मिक र अर्कोदिन बिस्तृत बैठक बसी लकडाउमा थप कडाई गर्ने ।
  • कोरोना पोजेटिभ ब्यक्तीको चिकित्सको निगरामीमा खजुरा स्थित कोरोना अस्पतालमा रुपान्तरित क्यान्सर अस्पतालको आइसोलेसनमा राखी उपचार गर्ने ।
  • सुरक्षा निकायका अंगहरु आवश्यक्ता र पूर्व तयारी र योजना बमोजिम सक्रिय  ।
  • कोरोना पोजेटिभ पाइएको ठाउंमा रेड जोन कायम गरि उक्त क्षेत्रका सबैलाई ततकाल Home क्यारेन्टाइनमा बसाएर (आवश्यक्ता अनुसार  परिवार सदस्यहरु क्याम्पस स्थित क्यारेन्टाइनमा)   पिसिआर बिधि द्धारा चेक जांच गर्ने काम भइरहेको छ ।
  • शनिबार विहानै देखि स्थानिय समाजसेबी तथा अगुवाहरुको सहयोगमा सुरक्षाकर्मिहरुको समेत उपस्थितमा स्वास्थ्य टिमद्धारा सम्वन्धीत ठाउंमा नै पाल टागेर चेक जांज कार्य भैइरहेको छ ।
  • नेपालगञ्जको स्वास्थ्य शाखाको सक्रियतामा कोरोना पोजेटिभ क्षेत्रमा सेनीटाइज गरिएको छ ।
  • केन्द्र तथा स्थानिय स्तरमा रहेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्टको बिशेष समितिबाट कोरोना पोजेटिभ ब्यक्तीको आवश्यक सूचनाहरु संकलन गरि कहांबाट कसरी स–यो र अरु कहां–कहां कस्लाई सर्न सक्छ उक्त पक्षगमन (Tracing) कार्य भैइरहेको छ ।