नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

२१ वैशाख, नेपालगञ्ज/  नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

आईतबार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको प्रेस कम्फ्रेन्सको क्रममा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित मध्ये ७ बर्ष  देखि ५८ वर्ष उमेर समूहका ५ पुरुष र ४ महिला रहेका छन्  ।

नेपालगञ्जको महेन्द्र पार्क नजिक रहेको अन्सारी मस्जिदका मोअज्जीन कोरोना सक्रमित भेटिएपछी शनिबार उपरोक्त ब्यक्तीका नजिकका ब्यक्ती र सम्पर्क  ब्यक्तीहरुको कोरोना टेस्टका लागि स्वाब सकलन गरि नेपालगञ्जको भेरी अस्पतालमा पिसिआर प्रबिधिद्धारा परिक्षण गरिएको थियो ।

त्यसैगरि पर्सामा एक ३६ बर्षिय पुरुषमा कोरोनामा पोजेटिभ देखिएपछी नेपालमा ६९ जना कोरोना पोजेटिभ भएको पाइएको छ ।

मन्त्रालयले गरेको प्रेस कम्फ्रेन्स video clicks