नेपालगञ्जका कोरोना संक्रमित खजुरा स्थित कोभिड-१९ विशेष अस्पतालको  आईसोलेसनमा

२१ बैशाख,नेपालगञ्ज / नेपालगञ्जमा  कोरोना भाईरस संक्रमण देखिएको  थप १५ जनालाई खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको  आईसोलेसनमा पुराईएको छ ।

शुक्रबार एक ६० वर्षिय पुरुषमा कोरोना भाईरस संक्रमण पहिलोपटक देखापरेपछि संक्रमित पुरुषको सम्पर्कमा रहेकाहरु मध्येबाट संकलन गरिएको स्वाब परिक्षण सुरु गरेपछि आईतवार एकै दिन बाँकेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप १५ जना सबै  नेपालगन्ज–८ का निवासी हुन ।थपिएका संक्रमितमा ७ जना महिला  ७, ३०, ४०, ५०, ५५, ५८ र ६० उमेर समुहका  रहेका छन् । यसैगरी ८ जना पुरुष  १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ उमेर समुहका  रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार   संकलन गरिएको ९४ जना स्वाब मध्ये ५५ जनाको मात्र आईतवार साँझ सम्म नतिजा आएको ३९ जनाको नतिजा आउन बाँकी रहेको  छ ।

बाँकेमा  पिसिआर र आरडिटी माध्यामबाट ९५१ जनाको कोरोना जाँच सम्पन्न गरिएको छ।