हाम्रो संरचना बुधबार, फाल्गुन १९, २०७७ 423 Views

२३ बैशाख, नेपालगञ्ज/  विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित २ जनालाई सोमबार शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ट्रकलाई घेरा हालेर पक्राउ पर्नेहरुमा भारतको सुपौल जिल्लाका ट्रक चालक रवि कुमार र सहचालक पप्पु कुमार छन् । बिराटनगरको जोगबनी नाका हुँदै ट्रक नेपाल प्रवेश गरेका २ जना भारतीय नागरिक प्रहरीले सुरक्षा जाँच गर्ने संकेत पाएपछि उतै फर्किन खोजेकोमा शसस्त्र प्रहले शंका मानी ट्रकलाई घेरा हालेर पक्राउ गरेको हो ।

रकम सँगै ट्रकका चालक र सहचालक पक्राउ गरि सम्वनधीत निकायलाई आवश्यक छानबीनको गरि कार्बाही प्रक्रिया अगाढी बढाउन सशस्त्र प्रहरीले निम्मेवारी दिइएको शसस्त्रका प्रहरी उपरिक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।  विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रक चेक जांचको क्रममा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो ।