२ महिने शिशु सहित बीरगञ्जमा १७ जना कोरोना संक्रमित फेला परे

२४ बैशाख, नेपालगञ्ज/  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बुधबार अपरान्ह सम्म ९९ जना पुगेको छ ।
बुधबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डा. विकास देवकोटाले बीरगञ्जका थप १७ जनामा कोरोना संक्रमण भएपछी हाल सम्म नेपालमा संक्रमितको संख्या ९९ पुगेको जानकारी दिनुभएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको आरटिपिसिआर परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको डा. बिकास देवकोटाले जानकारी दिनुभएको हो । संक्रमितहरु २ महिनादेखि ६६ वर्ष उमेर समुह सम्मका रहेको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यता नेपालगञ्जमा भने २३ जना संक्रमित पाइएसंगै बुधबार बिभिन्न समूह बनाएर स्वाब संकलन कार्य जारि रहेको छ ।