स्रोत नखुलेको पैसा ट्रकमा फेला पार्दै शसस्त्र प्रहरी

२४ वैशाख, सर्लाही/ सर्लाहीको मलंगवा नगरपालिका वडानम्बर २ मा भन्सार चेक पोष्टमा भारतिय ट्रक चेक जांचको क्रममा स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ सहित २ जनालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई चेक जांच गर्ने क्रममा स्रोत नखुलेको रकम बरामद भएको गरेको हो। पक्राउ पर्नेमा सवारी चालक ४२ वर्षीय राम ललित मण्डल र सह–चालक ३३ वर्षको निरज कुमार मण्डल रहेका छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरज कुमार श्रेष्ठका अनुसार ट्रकमा धान लोड गरिएकोमा चे जांचको क्रममा बोरामा लुकाएर पैसा ल्याएको पाइएकाले थप अनुसन्धान भइरहेको बताउनु भएको छ ।

गत आईतबार मात्रै विराटनगरमा पनि सशस्त्र प्रहरीले स्रोत नखुलेको अवैध १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो । उक्त दुबै रकम सुन कारोबारीको हुन सक्ने आंशंका गरिुउ पनि सम्वन्धीत निकायबाट आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ । कुनै पनि सम्पतीको स्रोत नखुलेमा सम्पति सुद्धिकरण मार्पmत सम्पति जफत गरेर कार्बाही गर्ने नेपालमा कानुनी ब्यवस्था रहेको छ ।