नेपालगञ्जमा लकडाउनमा थप कडाई: निषेध आज्ञामा केही खुकुलो, थ्रोट स्वाब संकलन र परिक्षण जारि

२५ बैशाख, नेपालगञ्ज/  जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको अध्यक्षतामा गठन गरिएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्य तथा अन्य सरोकारवालाहरु बीच बिहिबार जिल्ला प्रशासन कार्यालय बांकेमा गरिएको सर्वपक्षिय बैठकले बांके जिल्लामा लकडाउनमा थप कडाई  का साथ निषेध क्षेत्रमा निषेध आज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको छ ।

नेपालगञ्ज उपमहागरपालिका वडानम्बर ८ मा रहेको अन्सारी मस्जिदमा धार्मित तथा मदरसा शिक्षा सहयोगी भुमिका निभाउदै आउनु भएका १ जना ६० बर्षिय मोअज्जीन कोरोना पोजेटिभ पाइएपछी उहांको सम्पर्कमा आउनु भएका ब्यक्तीहरुको ट्रयासिंग गरि परिक्षण गर्नेक्रममा ९४ जनाको थ्रोट स्वाब संकलन गरेर परिक्षण  गर्दा थप २२ जनामा कोरोना पोजेटिभ पाइएको थियो ।

पछील्लो पटक पोजेटिभ पाइएका २२ जनाको सम्पर्कमा आएका ब्यक्तीहरुको ट्रेसिंग गर्ने तथा स्वाब संकलन गर्ने कार्यलाई सहयोग पु–याउन तथा कोरोना भाइरस ब्यापक रुपमा फैलन नपाओस भनेर बांके जिल्लामा लकडाउनलाई थप प्रभावकारी बनाउने र नेपालगञ्जको सामाजिक परिबेश हेरि ३ दिन निषेध आज्ञा जारि गर्ने कार्य यस अघि गत सोमबार बांकेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले निर्णय गरेको थियो ।

बिहिबार रातीबाट नेपालगञ्जमा जारि गरिएको निषेध आज्ञाको समय समाप्त हुनेभएपछी बांकेमा रहेको सबै सरोकारवालाहरुको सर्बपक्षिय बैठकमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले नेपालगञ्जको अवस्थालाई हेर्दा निषेध आज्ञा समय बढाउने प्रस्ताब गरेकोमा अन्य सरोकारवाला निकायहरुले त्यसको बिकल्पको रुपमा सामाजिक दुरि कायम गरेर बिहान ११ बजेबाट ३ बजे सम्म अति आवश्यक सेवा तथा बस्तुका पसलहरु खोल्नु पर्ने माग राखेका थिए ।

बैठकमा ब्यापक छलफल गरेर थप अवस्था र जटिलतालाई हेरेर अर्को निर्णय नगरुन्जेल हाललाई बैशाख २६ गतेबाट बिहान ११ बजे देखी ३ बजे सम्म अति आवश्यक सेवा तथा बस्तुका पसलहरु खोल्ने र नेपालगञ्जमा कोरोना भाइरसको परिक्षणलाई ब्यपाक बिस्तार गरि अभिलम्ब कम्तीमा १ हजार जना बीच थ्रोट स्वाब संकलन गरेर परिक्षण गर्ने गरि कार्य अगाढी बढाउन छलफल भएको सहभागीहरुले जानकारी दिनुभएको छ ।

नेपालगञ्ज थप २२ जना कोरोना पोजेटिभहरुको ट्रेसिंगपछी नेपालगञ्ज क्षेत्रका ५४ जना र नेपालगञ्ज बाहिरबाट १२ जना गरि ६६ जनको थ्रोट स्वाब बुधबार नेपालगञ्ज स्थित भेरी अस्पतालनको कोरोना परिक्षण ल्याबमा प्राप्त भएकोमा ति सबैको आरटिपिसिआर बिधिद्धारा परिक्षण गरिएकोमा सबैको परिणाम नेगेटिभ आएको भेरी अस्पतालको ल्याब सेन्टरले सूचना गरि सार्वजनिक गरेको छ ।

बिहिबार पनि नेपालगञ्जमा बिभिन्न ५ वटा समुह बनाएर थप २२ पोजेटिभ देखिएका ब्यक्तीहरुकोट्रेसिंग मार्फत करीब ३ सय जनाको थ्रोट स्वाब संकलन गर्ने कार्य जारि रहेको जन–स्वास्थय कार्यालय बांकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनु भएको छ ।

त्यसैगरि बिहिबार नेपालगञ्जबाट करीब ९ किमी पश्चिमका रहेको खजुरामा १७ जनाको कोरोना हुन सक्ने आशंका गरिएका ठाउँहरुको नमूना स्वाव संकलन गर्ने क्रममा बिहिबार बाँकेको खजुरा गाउँपालिका क्षेत्रबाट १७ जनाको नमूना परीक्षणका लागि संकलन गरिएको छ । खजुराका स्वास्थ्य शाखा प्रमुख पुर्ण खड्काका अनुसार  को लागि १७ जनाको नमूना संकलन गरिएको हो । जस मध्य रनियापुरका ५ जना, सोनापुर ५, उढरापुर ५ , खजुरा ४ डि गाउका १ र भन्डारियाका १ जना रहेका छ्न ।

सम्बन्धित शीर्षक