उदयपुर,कपिलवस्तु ३/३ र पर्सामा १ जना गरी थप ७ जनामा कोरोना संक्रमण

२७ बैशाख,नेपालगञ्ज/ नेपालमा थप ७ जनामा कोरोना सक्रमण भएको पाइएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै एक प्रेस नोट जारि गरि नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौं र कोशी अस्पताल बिराटनगरमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीको हस्ताक्षरित जारि प्रेस नोटमा उदयपुजिल्लाको भुल्के निवासी १८, ४५ र ६५ बर्षिय ३ महिला, कपिलवस्तुमा १७, १८, १८ बर्षका ३ पुरुष र पर्सा छपकैयाका ६० बर्षियका १ जना गरी ७ जनामा कोरोना संक्रमण भएको जनाएको छ । ति सबै सक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेको मन्त्रालयले जानकारी गराएको छ ।

भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जना मध्य विराटनगर स्थित कोशी अस्पतालको ल्याबमा आरटिपीसीआर प्रबिधिबाट गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको र अन्यको स्वाब परीक्षण जारी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताउनुभएको छ ।

नेपालगञ्जमा पनि शुक्रबार १ जना १६ बर्षिय युवकमा कोरोना सक्रमण पाइएकोमा थप २ हजार किट मगाएर टेस्ट गर्ने कार्य शनिबारबाट बढाउने बताइएको छ ।