चिया कस्ले खान हुन्छ, कस्ले खान हुदैन:– डा. वि. पि. तिमल्सिना

Tea

चियाले हामीलाई आनन्द दिने भएकाले हामी चिया पिउछौं। चियाले तत्कालै हाम्रो शरीरमा नकारात्मक असर पारेको महशुस हुंदैन, अझ स्फूर्ति बढेको महशुस हुन्छ ।

चियाले स्वास- प्रश्वासमा बृद्धि गराउँछ । चिया पिएपछी १० देखी २० प्रतिशत सम्म शक्ति बृद्धि भएको महशुस गरिन्छ तर, यो क्षणिक मात्रै हो ।

चियाको प्रभाव बिस्तारै शरीरमा प्रबेश गर्छ र हामीलाई त्यतिबेला मात्र थाहा हुन्छ, जब चियाले खाने बित्तिकै असर गर्छ । चियामा पाईने टेनिनको (Tannin) प्रबृति अमिलो अर्थात अम्लरस हुन्छ । त्यसकारण चिया पिउने बित्तिकै अमिलो पानी मुखमा आउन थाल्छ ।

चियामा पाईने बिषाणु तत्वहरु निम्न अनुसार छन् ।

टेनिन:– यो बिष १०० ग्राममा १८ प्रतिशत सम्म हुन्छ । यसको कारणले पेटमा तरङ्ग पैदा गर्दछ ।

थिन:– यो बिष १०० ग्राममा ३ प्रतिशत सम्म हुन्छ । यसले कलेजो र टाउको भारी बनाउँछ । कलेजो सुनिन्छ । कलेजो सुनिने ५० प्रतिशत यो बिषबाट भएको छ । यो बिष कम भएपछि टाउको भारी भए जस्तो, दुखे जस्तो हुन्छ र फेरी चिया पिएपछि टाउको दुख्न छोड्छ ।

क्याफिन:– चियामा यो बिष २.७५ प्रतिशत सम्म हुन्छ । जसका कारणले एसिड बढि हुन्छ र मृर्गौला कमजोर बनाउँछ ।

वालाटाइल:– यो बिषले मुटुको कार्य क्षमतालाई घटाउँछ ।

कार्बोनिक अम्ल एसिड:– चियामा पाईने यो बिषले अम्ल पित्त बढाउँछ । यो बिष बढि भएमा ढ्याउ–ढ्याउ आउँछ ।

वेभिन:– चियामा पाईने यो बिषले पाचन  प्रणालीलाई कमजोर बनाउँछ ।

पेरोमोलिक:– चियामा पाईने यो बिषले मुटुको उत्तेजना बढाउँछ ।

साइनोजन:– चियामा पाईने यो बिषले निन्द्रा लाग्दैन साथै मष्तिस्क सम्बन्धि समस्या आउँछ ।

आक्जेलिक अम्ल:– चियामा पाईने यो बिषले स्नोफिल सेल बढाउँछ स्नोेफिल सेल बढेमा मृत्यू समेत हुन्छ । WBC :४०००–११००० पुगेमा infection हुन्छ र ६०००–१७००० पुगेमा क्यान्सर हुन्छ । चियापत्तिले माखा पनि मर्छ ।

स्टिनायल:– चियामा पाईने यो बिषले रक्त बिकार, नपुङ्गसकता पैदा गर्ने क्षमता बुद्धि हुन्छ । त्यसकारण चिया  हानीकारक हुन्छ ।

बास्नादार तेल:– ५०० मिलि ग्राम चियामा क्याफिन ०.७५ प्रतिशत र बास्नादार तेल २.५ प्रतिशत हुन्छ । चियामा रहेको बास्नादार तेलको कारणले माखा र अन्य किटाणु मर्छ । चियाकै कारणले आन्द्रमा घाउ भइरहेको हुन्छ र यसले आमासयमा पनि प्रत्यक्ष असर पारिरहेको हुन्छ । – डा. वि. पि. तिमल्सिना/ प्राकृतिक चिकित्सकको खोज रिपोर्ट बाट लिइएको हो।
ब्यस्त रहौं…..स्वस्थ रहौं ।