हाम्रो संरचना बुधबार, फाल्गुन १९, २०७७ 278 Views

३० बैशाख, / नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नयाँ थप भएका संक्रमितमा २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार एकै दिन ८३ जनामा संक्रमण फेला परेको हो । नयाँ थपिएकाहरुमा पर्सा जिल्लाका १८ जना छन् । जसमा ६ जना महिला, १२ जना पुरुष रहेका छन् ।

नयाँ थपिएका संक्रमितमा महोत्तरीका २ जना पुरुष, धनुषाका १ महिला र १ पुरुष, भक्तपुरका १ महिला, १ पुरुष, काठमाडौंका १ महिला र सर्लाहीका १ पुरुष रहेको मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस विज्ञप्ती – मार्फत जानकारी दिनुभएको छ।

यसअघि  ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको  विवरण आउँदा पनि पर्साका मात्रै ३९ जना थिए । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना थिए ।

सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ