थप ९ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या २ सय ६७ पुग्यो

२ जेष्ठ, नेपालगञ्ज/  पहिलो पटक दांग जिल्लाको तुलसीपुरका र गढवाका ३ जनामा कोरोना पोजेटिभ भएको पाईएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ पर्सा वीरगञ्जका ९ र १० वर्षका बालक तथा २३ र ४७ वर्षका महिला, काठमाडौंको सतुंगलका ७ वर्षका बालक, उदयपुर त्रियुगा नगरपालीकाका २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ का २ जना र तुलसीपुरका १ जना क्रमश २३, ३६, ३४ वर्षका पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीद्धारा शुक्रबार सांझ ८ १५ बजे जारि गरिएको प्रेस बिज्ञप्ची अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । डा. समीर कुमार अधिकारीका अनुसार कोरोना पोजेटिभ सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित शीर्षक