नेपालमा हाल सम्म २९१ जना (कोभिड–१९)सक्रमित ३६ जना निको भए १ जनाको मुत्यू (कुन जिल्लमा कति विवरण सहित)….

४ जेष्ठ, नेपालगञ्ज/ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा पिसिआर बिधिबाट गरिएको परीक्षणमा थप १० जनामा (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यो पछील्लो रिपोर्टसगैं नेपालमा कोरोना (कोभिड–१९) संक्रमण हुने संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।

रौतहटमा थप १० जनामा कोरोना संक्रमण पाईएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार बिहानै सार्वजनिक गरिएको बिवरण अनुसार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिकाका–९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले बिज्ञप्तीमा मार्फत जानकारी दिनुभएको छ । यो सँगै रौतहटमा संक्रमितको हुनेको संख्या १३ जना पुगेको छ ।

नेपालमा हाल सम्म (कोभिड–१९) संक्रमितको संख्या र जिल्ला

पर्सामा ९१ जना
कपिलवस्तुमा ४२ जना
बाँकेमा ३३ जना
उदयपुरमा ३३ जना
रुपन्देहीमा २८ जना
रौतहटमा १३ जना
काठमाडौंमा ९ जना
धनुषामा ५ जना
कैलालीमा ४ जना
बारा,चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ जना
बागलुङ,झापा,भक्तपुर र बर्दियामा २/२ जना।
भोजपुर,कञ्चनपुर,नवलपरासी पश्‍चिम,नवलपरासी पूर्व,मकवानपुर,सप्तरी,सिरहा,काभ्रेपलाञ्‍चोक,धादिङ र सिन्धुपाल्चोकमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।