बांकेमा मुत्यू पश्यात कोरोना पोजेटिभ पाइएका ब्यक्तीको शव ब्यवस्थापनमा अलमल

४ जेष्ठ,नेपालगञ्ज/  बांकेको नरैनापुर गाउंपालिका वडानम्वर ५ नयांबस्तीका २५ बर्षिय एक युवाको मुत्यूपछी गरिएको खोजबीनमा उक्त ब्यक्तीमा कोरोना पोजेटिभ भएको पाइएको छ ।

बांकेको राप्तीपारी रहेको नरैनापुर–५ नयांबस्तीका ति युवक भारतको महाराष्ट क्षेत्रमा रोजगारीको निम्ती गएकोमा गत बैशाख ३० गते घर फर्किने क्रममा स्थानिय नरैनापुर गाउंपालिकाको समन्वयमा निर्माण गरिएको ब्यारेन्टाइनमा राखिएको थियो ।

राप्तीपारिका ति क्षेत्रमा सञ्चालनमा रहेका ब्वारेन्टाइनमा बसेका ब्यक्ती तथा अन्य शंकास्पद मानेका ब्यक्तीको स्वाब संकलन गरि भेरी अस्पतालमा कोभिड–१९ परिक्षणको क्रममा बाँकेको राप्तीपारी भोजभगवानपुरमा रहेको दिपेन्द्र प्रा.बि.मा सञ्चालनमा ल्याईएको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयांबस्तीका २५ वर्षिय एक युवकको आईतबार बिहान मृत्यु भएपछी गरिएको छानबीनमा ति युवको  नेपालगञ्ज स्थित भेरी अस्पतालमा रहेको ल्याबमा स्वाब  परिक्षण गरिएको रिपोर्ट हेर्दा  कोरोना पोजेटिभ भएको पाइएको हो ।

मृत्युभएका युवा सामान्य रहेकोमा शनिबार अपरान्ह देखि हल्का झाडापखाला सुरु भएर राती एक्कासी २ पटक वान्ता भएको र आज आईतबार बिहान करीब साढे ६ बजेतिर क्वारेन्टाइनमा बास बसेकै अवस्थामा मृत्यु भएको थियो ।

बिना लक्षण एकै क्षिणको बिरामीले मुत्यूवरण गर्न पुगेका ति युवा गत बैशाख ३० गते भारतबाट आएकाले स्थानिय निकायको समन्वयमा क्वारेन्टाइनमा राखिएको थियो ।

बांकेमा कोरोना बाट मुत्यू ब्यक्तीको शब ब्यवस्थापनमा अलमल

बाँकेको राप्तीपारी भोजभगवानपुरमा रहेको दिपेन्द्र प्रा.बि.मा सञ्चालनमा ल्याईएको  क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयांबस्तीका २५ वर्षिय एक युवकको आईतबार बिहान मृत्यु भएपछी गरिएको छानबीनमा ति ब्यक्तीमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछी उक्त ब्यक्तीको शव दाह संस्कारको लागि जिल्ला प्रशासन कार्यालय बांकेमा जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक बसेको छ ।

बैठकमा मुर्तकका आफन्तहरुको रोहबरमा (कोभिड–१९ ) मुत्यू दाहसंस्कार नियमावली बमोजिम गर्ने गरि स्वास्थ्य कर्मि, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना समेतको जिम्मेवारी बिषयमा छफफल गरिएको छ ।

बैठकमा शव दाह संस्कार ब्यवस्थापन कसैले पनि जिम्मेवारीको नेतृत्व प्रति अनइच्छा ब्यक्त गरेपछी सबैले सामूहिकरुपमा सहयोग गर्ने सहमती गरिएको छ ।

बैठकले बांकेको नरैनापुरका युवकको कोरोना पोजेटिभबाट मुत्यू भएकोमा गहिरो शोक ब्यक्त गर्दै स्थानिय बासिन्दा परिवारहरुको सहमतीमा हाल शब रहेको राप्ती पारिको भोजभगवानपुरमा रहेको दिपेन्द्र प्रा.बि.बाट त्यहांबाट करीब ३ किलो मिटर टाढा रहेको शब दहन क्षेत्रमा धार्मिक संस्कार अनुसार गरिने भएको छ ।

बांके क्राइसिस ब्यवस्थापन सेन्टरले गरेका निर्णयहरु….