नेपालमा कोरोना संक्रमितको सख्या बढदो क्रममा.., ७० जना निको भएर घर फर्किए, ४ सय १४ उपचाररत, परिक्षण जारि…

९ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमित हुनेहरुको सख्या ४ सय ८७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ९ बजे एक प्रेस बिज्ञप्ती प्रकाशित गरि बिहिबार राती र शुक्रबार बिहान सम्म आरटि पिसिआर बिधिबाट गरिएको परिक्षणम थप ३० जना कोरोना संक्रमित भएको जानकारी गराएको छ ।

काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र चितवन स्थित भरतपुर अस्पतालमा गरिएको परिक्षणको क्रममा थप सक्रमित पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीबाट जारि प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

हाल सक्रमित पाइएका ब्यक्तीहरुमा पूर्वी नवलपरासीको बिनय त्रिबेणी गाउंपालिका वडानम्बर ६ का १ जना ४५ बर्षिय पुरुष, पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका वडा नम्बर ५ र रामगाम नगरपालिका वडा नम्बर ३ र १८ निवासी ३३ र ३५ बर्षिय २ जना पुरुष र १५ बर्षिय एक जना युवती रहनुभएको छ ।

त्यसैगरि चितवन भरतपुर ७४ बषिय १ जना पुरुष र ७३ बर्षिय १ जना महिला हुनुहुन्छ भने कपिलबस्तुको बाणगंगा नगरपालिका र मायांदेबी गाउंपालिका ८ बर्षिय बालिका सहित ९ जना रहनुभएको छ ।  उता केन्द्रिय प्रयोगशालामा गरिएको परिक्षणमा सर्लाही जिल्लाको गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउंपालिकाका गरि १ जना १८ बर्षिय महिला सहित १५ जनामा कोरोना संक्रमित पाइएको हो ।

यसरी हाल सम्म नेपालका ७७ जिल्ला मध्य ३७ जिल्लाका ४ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।  संक्रमणको उपचार पछी घर फर्किनहरको सख्या पनि बढीरहेको छ । शुक्रबार बांकेको खजुराबाट २१ जना निको भएरघर फर्कने तयारी भएकोले उक्त सख्या सहित उपचार पछी निको भएर घर फर्कनेको सख्या ७० पुगेको छ । हाल सम्म ३ जनाको मुत्यू भएको छ ।
बांकी ४ सय १४ जना कोरोना संक्रमितहरुको बिभिन्न ठाउंहरुमा निर्माण गरिएका कोरोना आइसोलेसन केन्द्हरुमा उपचार तथा सहजीकरण भईरहेको छ ।