नेपालमा कोरोना सक्रमितको संख्या ५०७ जना : बांकेमा थप १४ जना सक्रमित

 

९ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना सक्रमितहरुको संख्या ५सय ७ जना पुगेको छ । पछील्लो पटक शुक्रबार सांझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सममेलनमा दिइएको जानकारी अनुसार थप २० जनामा कोरोना सक्रमित भएको पाइएको छ ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा बांकेको नरैनापुर र राप्तीसोनारीका १८ बर्ष देखि ६१ बर्ष सम्मका १४ जना पुरुषहरु कोरोना सक्रमित रहनुभएको छ । राप्तीसोनारी गाउंपालिका १८ बर्षिय १ जना पुरुष र अन्य नरैनापुर गाउंपालिका १३ जना रहनुभएको  मन्त्रालय गरेको पत्रकार सममेलनमा जानकारी दिइएको छ । बांकेमा आज मात्रै २१ जना कोरोना सक्रमितहरु निको भएर घर फर्किएका छन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको कोरोना परिक्षणमा प्रयोगालामाको रिपोर्ट अनुसार कैलालीको जानकी गाउंपालिका स्थित सरस्वाती माबिमा रहेको क्वारेन्टाइन रहेका १९, २३ र २६ बर्षिय ३ जना पुरुषहरुमा हुनुहुन्छ । त्यसैगरि प्ररशुराम–१० डडेलधुराका २८ बर्षिय १ जना पुरुष र बैतडी जिल्लाको शिबनाथ–१ का २२ बर्षिय पुरुष हुनुहुन्छ । ति दुबैलाई जिल्ला अस्पताल बाट स्वाब संकलन गरि परिक्षणको लागि सेती अस्पतालमा पठाइएको थियो । मोरंगको रतुवामाईका ४१ बर्षिय १ जनापुरुषमा पनि कोरोना सक्रमण भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ ।