हाम्रो संरचना शनिबार, कार्तिक ६, २०७८ 231 Views

१३ जेष्ठ नेपालगञ्ज/

कोरोना भाइरसबाट नेपालका  ४६ जिल्लामा संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिनुभएको छ।

मंगलबार संक्रमण  हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् ।

हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जना छन् ।