१६ जेष्ठ, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछील्लो पटक संक्रमित पाइएकाहरुमा काठमाण्डौं स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा रौतहटका ५६ जना, कपिलबस्तुका २३ जना र सर्लाहीका ४ जना र रुपन्देहीकन १ जना गरि ८४ जनाको रिपोर्ट कोरोना संक्रमित भएको पाइएको हो ।
त्यसैगरि कपिलबस्तुमै गरिएको परिक्षणमा कपिलबस्तुका १६ जन, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा कपिलबस्तुका ९ जना, दांगका २ जना पोजेटिभ पायएको छ ।
नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बांके डुडुवा गाउंपालिका १० जना कोरोना सक्रमित पाइएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परिक्षणमा कपिलबस्तुका ४ जना र नवलपरासीका २ जना गरि ६ जना पोजेटिभ केस पाइएको हो ।
पोखरा स्थित गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा म्याग्दीको ज्ञ जना नारायणी अस्पतालमा गरिएको परिक्षणमा बाराका ४ जना पर्साका ५ जना, पाटन अस्पतलामा गरिएको परिक्षणमा सर्लाही द्धर भई पाटन अस्पतालमा काम गर्ने १ जना स्वास्थ्यकर्मि, धरान स्थित स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा गरिएको परिक्षणमा सप्तरीका ४ जना र झापाका १ जना गरि ५ जना, बिराटनगर स्थित कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाका २७ जना गरि शुक्रबार जम्मा १ सय ७० जना नयां संक्रमितहरु फेला गरेका हुन ।
नेपालमा शुक्रबार सम्म १ हजार २ सय १२ जना कोरोना संक्रमित रहेको र संक्रमित मध्ये २ सय ५ जना उपचार पछी निको भएर घर फर्किइसकेका छन् भने ६ जनाको मुत्यू भएको छ ।
नेपालका ७७ जिल्ला मध्य हाल सम्म ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमा प्रदेश नम्बर १ को ८ जिल्लाका १५७ जना, प्रदेश २ मा ८ जिल्लाका ४९० जना, बाग्मतीको १२ जिल्लामा ४४ जना, गण्डकी प्रदेशको ५ जिल्लाका २० जना, प्रदेश नम्बर ५ को ९ जिल्लाको ४३३ जना, कर्णाली प्रदेशको ३ जिल्लाका ४७ जना र सुदुरपश्चिमका ७ जिल्लाा २१ जना गरि १ हजार २ सय १२ जना संक्रमित भएको पाइएको हो ।
हाम्रो संरचना । १६ जेष्ठ २०७७, शुक्रबार १७:१४