कर्णालीको कालिकोट, दैलेख र सल्यानमा छि–यो कोरोना: एकै दिन ६२ जना संक्रमित भेटिए

Corona graphy

१८ जेष्ठ, नेपालगञ्ज/  नेपालमा आईतबार सम्ममा कोरोना संक्रमितको संख्या १५ सय ६७ जना पुगेको छ । आइतबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

हाल सम्मका संक्रमित मध्ये १४ सय ५० जना पुरुष र १ सय १७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।
नयां सक्रमितहरु मध्य नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बांकेको नरैनापुरका २ जना, खजुराका १ जना र नेपालगञ्जका ४ जना रहेका छन ।
त्यसैगरि सल्यान कुपिन्डे दहका २५ जना र बराहतालका १ जना गरि २६ जना सुर्खेतमा गरिएको परिक्षणमा पोजेटिभ पाइएको हो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा कालीकोट सुभकालिकाका १३ जना र महबुउका ५ जना रहेका छन । दैलेख जिल्लाको दुल्लुका १ जना, सिम्तराका १ जना, नारायण नगरपालिकाका १ जना, रातापानीका १ जना, देवलकनका ५ जना, साहबुका ज१ जना र बाजुराका १ जना गरि ३७ जना रहेका छन ।

पोखरा स्थित प्रदेश स्तरिय जनूवास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा स्यांगजा, गल्यागंका २ जना र तनहु रिलिंगका १ जना कोरोना संक्रमित देखिएको छ । बिरगञ्ज स्थित नारायणी अस्प्तलामा गरिएको परिक्षणमा पर्साका ५ जना पोजेटिभ रहेका छन ।

सेती अस्पतलामा गरिएको परिक्षणमा बाजुराका ३ जना, कैलालीका ३ जना धरानमा गरिएको परिक्षणमा सप्तरिका १२ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा मोरंगका १ जना र झापाका ४ जना रहेका छन ।
काठमाण्डौं मा गरिएको परिक्षणमा धनुषाका २१ जना, कपिलबस्तुका ४ जना, सर्लाहीका १० जना, रौतहटका २९ जना कोरोना सक्रमित रहेको पाईएको हो ।

नेपालमा आईतबार सम्ममा नेपालका ७७ जिल्ला मध्य ५७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमा प्रदेश नम्बर १ को ९ जिल्लाका १६५ जना, प्रदेश २ मा ८ जिल्लाका ६२४ जना, बाग्मतीको १२ जिल्लामा ४५ जना, गण्डकी प्रदेशको ६ जिल्लाका २३ जना, प्रदेश नम्बर ५को ९ जिल्लाको ५६० जना, कर्णाली प्रदेशको ५ जिल्लाका १२३ जना र सुदुरपश्चिमका ८ जिल्लामा २७ जना गरि कुल १ हजार ५ सय सरसटठी जनामा संक्रमित भएको पाइएको हो । नेपालमा हाल सम्म ८ जनाको मुत्यू भएको मन्त्रालयले पुष्टी गरेको छ ।