१९ जेष्ठ, नेपालगञ्ज/ भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्ज बाट दांग तर्फ गईरहेको ना ५ ख ५९९५ नम्बरको यात्रु बहाक फोर्स नामक मिनि बस आइतबार राती अगैया नजिकैको ठुरिया जंगलमा बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुदा १२ जनाको मुत्यु भएको छ भने २१ गम्भीर घाइते भएका छन ।
उक्त दुर्घटनामा घाईते हुनेहरुमा:-
- १) दाङको धर्ना निवासी ४५ वर्षीय मेघजंग केसी
२) रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का १७ वर्षीय सुनिल परियार
३) सोही ठाउँका २० वर्षीय विरेन्द्र परियार
४) सोही ठाउँका १८ वर्षीय पुरन परियार
५) दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ३९ वर्षीय विष्णु गिरी
६) सल्यानको शारदा नगरपालिका वडा नं. ६ का ३६ वर्षीया टीका चलाउने
७) दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २० वर्षीय विक्रम चौधरी
८) दाङको तुलसीपुर २ का २३ वर्षीय रुपलाल बिक
९) रोल्पा कुरेलीका ५२ वर्षीय नरबहादुर बिक
१०) दाङको राजपुर २ का २१ वर्षीय जीवन घर्ती
११) रोल्पा जिल्लाको टुटु निवासी ४० वर्षीय दिलबहादुर बिक
१२) सल्यानको कुपिन्डेदह वडा नं. ६ का २० वर्षीय मिनराज बिक
१३) सल्यानको शिद्धकुमाख निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी
१४) सल्यानको छापाडाँडा ५ का १८ वर्षीय धनबहादुर बोहोरा
१५) सल्यान शिद्धकुमार ४ का १८ वर्षीय लोकेश घर्ती
१६) सल्यान कुपिन्डेदह ६ का ५२ वर्षीय दिपबहादुर बुढा
१७) दाङका गढवा गाउँपालिका वडा नं. ६ का २० वर्षीय भरत थापा
१८) सल्यानको शिद्धकुमाख निवासी २६ वर्षीय शिव भण्डारी
१९) सोही ठाउँका १८ वर्षीय देवेन्द्र खड्का
२०) सोही ठाउँका १७ वर्षीय ज्ञानबहादुर बोहोरा
२१) सोही ठाउँका २६ वर्षीय मिनबहादुर वली रहेका छन ।
घाइते सबैको बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा मुर्तकहरुको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो संरचना । १९ जेष्ठ २०७७, सोमबार ११:२१