सोमबार २३ सय १० को परिक्षणमा २ सय २६ कोरोना संक्रमित, प्रदेश नम्वर २ सबै भन्दा बढी प्रभाबित

१९ जेष्ठ, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम जारि रहेको छ ।
सोमबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा सोमबार थप २२६जनामा कोरोना सक्रमित भएको पाइएको जानकारी सार्वजनिक गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै सोमबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या १७ सय ९८ जना पुगेको जानकारी दिनुभएको छ ।

सोमबारको रिपोर्ट अनुसार नेपालगञ्ज स्थित भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा बांकेको डडुवाका १७ देखी २५ बर्षका ७ जना पुरुष रहेका छन ।

सेती अस्पताल धनगढीको ल्याबमा गरिएको परिक्षणमा १८ जना पोजेटिभ पाइएका छन । जस अन्र्तगत कैलालीका १४ जना र बैतडी, डोटी, अक्षाम र कञ्चापुरका १ १ जना रहेका छन ।

सुर्खेत स्थित प्रदेश स्तरिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जना कोरोना पोजेटिभ पायउको छ जसअन्र्तगत दैलेख नारायण नगरपालिकाका १७ जना र सल्यान बनगाड र बराहतालका १५ जना रहेका छन ।

त्यसै गरि जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४३ जना कोरोना संक्रमित भएको पाइएको छ । जस अन्र्तगत जुम्ला सिंजा र हिम्ना क्षेत्रका १९ जना र दैलेख नारायण नगरपालिका, सिमकडा, देवकडा, दुल्लु, जुरेपानी, देवकडा, सोत र साहबुका गरि २४ जना रहेका छन ।

धरान स्थित बिपि स्वास्थ्य बिज्ञान पतिस्ठानमा गरिएको परिक्षणमा १२ जना कोरोना पोजेटिभ भेटिएका छन ।
जस अन्र्तगत सप्तरि राजगढका रहेका छन । त्यसै गरि बिराटनगर स्थित कोशी अस्पतालमा झापाका ४ र मोरंगका १ जना गरि ५ जना, पोखरा स्थित प्रादेशिक जन स्वास्थ प्रयोगशालामा गरिएको परिक्षणमा ३ जना पोजेटिभ पाइएका छन ।

त्यसैगरि काडठमाण्डौं स्थित प्रयोगालामा गरिएको परिक्षणमा ६४ जना पोजेटिभ पाइएका छन जसअन्र्तगत धनुषाका थप सबै गरि ४१ जना, सर्लाहीका ४८ जना, रौतहटका २९ जना, महोत्रीका २ जना, मकावानपुरका १ जना, सिराहका ५ जना उदयपुरका १ जना, कपिलबस्तुका सबै ठाउंको परिक्षणमा थप ३४ जना रहेका छन । धुलिखेल अस्पतालमा गरिएकको परिक्षणमा कपिलबस्तुका २ जना र रौतहटका १८ जना गरि २० जना पोजेटिभ पाइएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परिक्षणमा दांगको तुल्सीपुरका ५ जना, गढवाका २ जना, लमहीका १ जना र राप्तीका १ जना रहेका छन ।

यसरी सोमबार गरिएको परिक्षणमा २ सय २६ जना कोरोना पोजेटिभ पाइएकोमा जस अन्तरगत  २ सय १३ जना पुरुष र १३ जना महिला रहनुभएको छ ।

सोमबारको पोजेटिभ संख्या जोडेर नेपालमा हाल सम्म कोरोना पोजेटिभ हुने जम्मा संख्या १ हजार ७ सय ९८ जना पुगेको छ । जसमा १ हजार ६ सय ६७ जना पुरुष र १ सय ३१ जना महिला रहनुभएको छ ।
कोरोना पोजेटिभ भएका मध्य २ सय २२ जना निको भएर घर फर्किसकेका छन जसमा १सय ७३ जना र पुरुष र ४८ जना महिला रहेका छन ।

नेपालमा ५९ जिल्लाका नागरिकमा कोरोना पोजेटिभ पाइएकोमा प्रदेश नम्बर १को ९ जिल्लका १६८ जना, प्रदेश २ को ८ जिल्लाका ६९४ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ४६ जना, गण्डकी प्रदेशका ६ जिल्लाका २६ जना, प्रदेश ५ का १० जिल्लाका ६२१ जना, कर्णाली प्रदेशका ५ जिल्लाका १९८ जना र सुदुरपश्चिमका ९ जिल्लाका ४५ जना रहेका छन ।