२० जेष्ठ, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम जारि रहेको छ ।
मंगलबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममामंगलबार थप २८८ जनामा कोरोना सक्रमित भएको पाइएको जानकारी सार्वजनिक गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै मंगलबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या २ हजार ९९ जना पुगेको जानकारी दिनुभएको छ ।
मंगलबारको रिपोर्ट अनुसार नेपालगञ्ज स्थित भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा २० जना पोजेटिघ पाईएकोमा बर्दियाको ३ जना र बांकेको खजुरा, नरैनापुर र राप्तीसोनारीका गरि १७ जना रहेका छन ।
सेती अस्पताल धनगढीको ल्याबमा गरिएको परिक्षणमा १८ जना पोजेटिभ पाइएका छन । जस अन्र्तगत कैलालीका १० जना र कञ्चापुरका ८ जना रहेका छन ।
सुर्खेत स्थित प्रदेश स्तरिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ६४ जना कोरोना पोजेटिभ पाईएको छ । जसअन्र्तगत दैलेखका ९ जना, सुर्खेत २७ जना, सल्यान बनगाड र बराहतालका २७ जना र अक्षामका १० जना रहेका छन ।
धरान स्थित बिपि स्वास्थ्य बिज्ञान पतिस्ठानमा गरिएको परिक्षणमा सप्तरीका १जना कोरोना पोजेटिभ भेटिएका छन ।
पोखरा स्थित प्रादेशिक जन स्वास्थ प्रयोगशालामा गरिएको परिक्षणमा १० जना पोजेटिभ पाइएका छन ।
त्यसैगरि काडठमाण्डौं स्थित प्रयोगालामा गरिएको परिक्षणमा ११८ जना पोजेटिभ पाइएका छन जसअन्र्तगत धनुषा,सर्लाही,रौतहट, महोत्तरी, सिराह, कपिलबस्तु, धादिंग र काठमाडौंका रहेका छन । धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा रौतहटका ३८ जना पोजेटिभ पाइएको छ ।
हेटौढा मकावानपुर गरिएको परिक्षणमा बाराका १ जना रहेका छन ।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान गरिएको परिक्षणमा दांगमा गरिएको परिक्षणमा दांगका १७ जना रहेका छन ।
यसरी सोमबार गरिएको परिक्षणमा २ सय ८८ जना कोरोना पोजेटिभ पाइएकोमा जस अन्तरगत २ सय ७० जना पुरुष र १८ जना महिला रहनुभएको छ ।
मंगबारको पोजेटिभ संख्या जोडेर नेपालमा हाल सम्म कोरोना पोजेटिभ हुने जम्मा संख्या २ हजार ९९ जना पुगेको छ ।
जसमा १ हजार ९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला रहनुभएको छ ।
कोरोना पोजेटिभ भएका मध्य २ सय २२ जना निको भएर घर फर्किसकेका छन जसमा १सय ७३ जना र पुरुष र ४८ जना महिला रहेका छन ।
नेपालमा ६१ जिल्लाका नागरिकमा कोरोना पोजेटिभ पाइएकोमा प्रदेश नम्बर १को ९ जिल्लका १६८ जना, प्रदेश २ को ८ जिल्लाका ८१६ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ५४ जना, गण्डकी प्रदेशका ७ जिल्लाका ३७ जना, प्रदेश ५ का ११ जिल्लाका ६९९ जना, कर्णाली प्रदेशका ५ जिल्लाका २५२ जना र सुदुरपश्चिमका ९ जिल्लाका ७३ जना रहेका छन ।
हाम्रो संरचना । २० जेष्ठ २०७७, मंगलवार १७:०६