जेष्ठ २१ सम्म नेपालको ६४ जिल्लाका २३०० जनामा कोरोना: २७८ निको भएर घर फर्किए

२१ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम जारि रहेको छ ।
बुधबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा बुधबार थप २०१ जनामा कोरोना संक्रमित भएको पाइएको जानकारी सार्वजनिक गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै बुधबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या २ हजार ३ सय जना पुगेको जानकारी दिनुभएको छ ।

सेती अस्पताल धनगढीको ल्याबमा गरिएको परिक्षणमा ५ जना पोजेटिभ पाइएका छन । सुर्खेत स्थित प्रदेश स्तरिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३ जना कोरोना पोजेटिभ पाईएको छ ।

धरान स्थित बिपि स्वास्थ्य बिज्ञान पतिस्ठानमा गरिएको परिक्षणमा १५जना कोरोना पोजेटिभ भेटिएका छन ।
नारायणी अस्पतालमा गरिएको परिक्षणमा ७ जना पोजेटिभ पाइएको छ । सुर्खेतमा गरिएको परिक्षणमा ३ जना रहेका छन ।
त्यसै गरि जनकपुरमा गरिएको परिक्षणमा ९ जना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ८ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १३ जना र रुपन्देहीमा गरिएको परिक्षणमा ९५ जना पोजेटिभ  पाइएको छ । बुधबारको रिपोर्ट अनुसार बिराटनगर स्थित कोशी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ६ जना पोजेटिभ पाईएको छ ।
काठमाण्डौं स्थित जन स्वाथ्य प्रयोगालामा गरिएको परिक्षणमा ४२ जना पोजेटिभ पाइएकोे छ । यसरी बुधबार गरिएको परिक्षणमा २ सय १ जना कोरोना पोजेटिभ पाइएकोमा जस अन्तरगत १ सय ७९ जना पुरुष र २२ जना महिला रहनुभएको छ ।

बुधबारको पोजेटिभ संख्या जोडेर नेपालमा हाल सम्म कोरोना पोजेटिभ हुने जम्मा संख्या २ हजार ३ सय जना पुगेको छ । कोरोना पोजेटिभ भएका मध्य २ सय ७८ जना निको भएर घर फर्किसकेका छन । जसमा २ सय २२ जना र पुरुष र ५६ जना महिला रहेका छन । त्यसै गरि हाल सम्म ९ जनाको मुत्यू भएको छ भने नेपालका ६४ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ ।