नेपालमा हाल सम्म २ हजार ९ सय १२ जना कोरोना संक्रमित

२३ जेष्ठ, नेपालगञ्ज/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप २७८ जना नयां कोरोना संक्रमित पाइएको जानकारी दिएको छ जसमा २६७ जना पुरुष र ११ जना महिला हुनुहुन्छ ।

नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले नियमित मिडिया ब्रिफिंगको क्रममा पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै शुक्रबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या २ हजार ९ सय १२ जना पुगेको जानकारी दिनुभएको छ ।

बिहिबारको रिपोर्ट अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,जुम्लामा गरिएको परिक्षणमा हुम्लाका १ जना र जुम्लामा रहेका ६ जना सहित दैलेखका ९० जना गरेर ९७ जना कोरोना पोजेटिभ पाइएका छन ।

त्यसैगरि काठमाण्डौंमा गरिएको परिक्षणमा ७४ जना पोजेटिभ पाइएको छ । राप्तीमा गरिएको परिक्षणमा दांगका २ जना, पोखरामा गरिएको परिक्षणमा २ जना, सेतीमा गरिएको परिक्षणमा ११ जना, धरानमा गरिएको परिक्षणमा १९ जना रहेका छन ।

हेटौडामा गरिएको परिक्षणमा ५ जन, बिराटनगरमा गरिएको परिक्षणमा १५ जना, कोशी अस्पतालमा गरिएको परिक्षणमा १० जना र धुलिखेलमा गरिएको परिक्षणमा १० जना, रुपन्देहीमा २२ जना,गरि बिहिबार कुल २ सय ७८ जनाका कोरोना पोजेटिभ देखिएको छ । हाल सम्म नेपालमा २ हजार ९ सय १२ जना पोजेटिभ पाइएकोमा २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन ।

नेपालका ७७ जिल्लामा ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना पोजेटिभ पाइएका प्रदेशहरुमा प्रदेश नम्बर १ को १२ जिल्लाका २४२ जना, प्रदेश २ को ८ जिल्लाका ९९३ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लाका ५७ जना, प्रदेश ५ का ११ जिल्लाका ९६५ जना, कर्णाली प्रदेशका ७ जिल्लाका ४७९ जना र सुदुरपश्चिमका ९ जिल्लाका ९१ जना रहेका छन ।