नेपालका ७० जिल्लाका ३ हजार २ सय ३५ जना कोराना संक्रमित

२४ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा शनिबार पनि थप ३२३ जना नयां कोरोना संक्रमित पाइएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै शनिबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या ३ हजार २ सय ३५ जना पुगेको जानकारी दिनुभएको छ ।

शनिबारको रिपोर्ट अनुसार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान,जुम्लामा गरिएको परिक्षणमा ४४ जना छन भने सुर्खेत स्थित प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जना रहेका छन । यसरी गत बिहिबार जुम्ला र सुर्खेतमा गरिएको परिक्षणमा दैलेखका मात्र १ सय १३ जना कोरोना संक्रमित फेला परेकोमा शनिबार पनि डोल्पाको १ जना सहित १०१ जना कोरोना संक्रमित फेला परेका छन ।

त्यसैगरि भेरी अस्पतालमा गरिएको परिक्षणमा बांकेका १२ जना, बर्दियाका २८ जना कोरोना पोजेटिभ  पाइएको छ । काठमाण्डौंमा गरिएको परिक्षणमा प्रदेश नम्बर २ का बिभिन्न जिल्लाका १२० जना पोजेटिभ पाइएको छ ।
पोखरामा गरिएको परिक्षणमा १४ जना, सेतीमा गरिएको परिक्षणमा १३ जना, धरानमा गरिएको परिक्षणमा ८ जना रहेका छन ।बिराटनगर मा ष्रिएको परिक्षणमा ६, कोशी अस्पतालमा गरिएको परिक्षणमा १ जना, धरानमा गरिएको परिक्षणमा ८ जना, भरतपुरमा ३ जना गरि शनिबार कुल ३ सय २३ जनाका कोरोना पोजेटिभ देखिएको छ ।

शनिबार पोजेटिभ देखिएकोमा २ सय ८६ जना पुरुष र ३७ जना महिला रहनुभएको छ । हाल सम्म नेपालमा ३ हजार २ सय ३५ जना पोजेटिभ पाइएकोमा ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन ।

कोरोना पोजेटिभ पाइएका प्रदेशहरमा प्रदेश नम्बर १ को १२ जिल्लका २४९ जना, प्रदेश २ को ८ जिल्लाका १०७७ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ९० जना, गण्डकी प्रदेशका ९ जिल्लाका ७३ जना, प्रदेश ५ का ११ जिल्लाका १०६१ जना, कर्णाली प्रदेशका ९ जिल्लाका ५७९ जना र सुदुरपश्चिमका ९ जिल्लाका १०६ जना रहेका छन ।