२५ जेष्ठ, नेपालगञ्ज/ गण्डकी प्रदेशका बिभिन्न ४ जिल्लाबाट संकलन गरिएको स्वाबको आरटि पिसिआर जांच गर्दा आईतबार बिहान सम्म थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।
पोखरा स्थित गण्डकी प्रदेश जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा स्याङ्जाका १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने व्यक्तिहरुको संख्या ११३ जना पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।
नयाँ संक्रमित हुनेहरुमा स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष गरी १३ जना र स्याङजाकै भीरकोट नगरपालिकाका १ ४५ वर्षीय पुरुष पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष छन् । संक्रमितमध्ये १ जनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप १ संक्रमित फेला परेका छन् ।
गोरखा जिल्लाको गण्डकी नगरपालिकामा १० जना कोरोना संक्रमित फेला परेका छन् । जसान बर्ष २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्ते गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका १ जना १७ वर्षीय युवकमामा समेत कोरोना भाइरस संक्रमण भएको गण्डकी प्रदेश सरकारको समाजिक बिकास मन्त्रालय अन्र्तगत पोखराको रामघाट स्थित स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै, निर्देशनालयले नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वमा हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुष गरि ४ जनामा कोरोना भाइरस संक्रमण आईतबार बिहानै एक बिज्ञप्ती प्रकाशित गरि जानकारी दिएको छ ।नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याएर उपचार गर्ने निर्देशनालयले जनाएको छ ।
आईतबारको पछील्लो रिपोर्ट सगैं गण्डकी प्रदेशमा कोरोना पोजेटिभ हनेहरुको संख्या १ सय १३ जना पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङ बाहेक अन्य ९ जिल्लामा कोरोना भाइरस संक्रमणका बिरामीहरु फेला परिसकेका छन ।
हाम्रो संरचना । २५ जेष्ठ २०७७, आईतवार ०८:१५