नेपालमा सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमित

२६ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमितहरुको सख्या निरन्तर रुपमा बढेको बढयै छ ।
सोमबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा सोमबार थप ३१४ जनामा कोरोना संक्रमित भएको पाइएको जानकारी सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै सोमबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या ३ हजार ७ सय ६२ जना पुगेको जानकारी दिनुभएको छ ।

सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटि पिसिआर बिधिबाट गरिएको परिक्षणमा सोमबार थप १६ जना नयां कोरोना पोजेटिभ पाईएको छ । कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाले सोमबार एक बिज्ञप्ती प्रकाशित गरि १६ जना रहेको जानकारी दिएको छ ।

त्यसैगरि नेपालगञ्ज स्थित भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा सोमबार बांकेको १ जना र बर्दियाका १८ जना गरि १९ जना कोरोना पोजेटिभ पाइएको छ ।

त्यसैगरि धरान स्थित बिपि स्वास्थ्य बिज्ञान पतिस्ठानमा गरिएको परिक्षणमा १६ जना कोरोना पोजेटिभ भेटिएका छन ।
नारायणी अस्पतालमा गरिएको परिक्षणमा १९ जना पोजेटिभ पाइएको छ ।  जनकपुरमा गरिएको परिक्षणमा १५ जना, राजबिराजमा गरिएको परिक्षणमा ६ जना, पोखरामा गरिएको परिक्षणमा २ जना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४ जना, रुपन्देहीमा गरिएको परिक्षणमा ६५ जना, बिराटनगर स्थित कोशी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ४ जना पोजेटिभ पाईएको छ ।
काठमाण्डौं स्थित जन स्वाथ्य प्रयोगालामा गरिएको परिक्षणमा १०६ जना पोजेटिभ पाइएकोे छ ।
यसरी सोमबार गरिएको परिक्षणमा थप नयां ३ सय १४ जना कोरोना पोजेटिभ पाइएकोमा जस अन्तरगत २ सय ९४ जना पुरुष र २० जना महिला रहनुभएको छ ।

बुधबारको पोजेटिभ संख्या जोडेर नेपालमा हाल सम्म कोरोना पोजेटिभ हुने जम्मा संख्या ३ हजार ७ सय ६२ जना पुगेको छ । कोरोना पोजेटिभ भएका मध्य ४ सय ८८ जना निको भएर घर फर्किसकेका छन ।