नेपालमा कोरोना संक्रमितहरुको सख्या ४ हजार ८५

२७ जेष्ठ, नेपालगञ्ज/  नेपालमा कोरोना संक्रमितहरुको सख्या निरन्तर रुपमा बढेको बढयै छ ।
सोमबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा सोमबार थप ३२३ जनामा कोरोना संक्रमित भएको पाइएको जानकारी सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै सोमबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या ४ हजार ८५ जना पुगेको जानकारी दिनुभएको छ ।

कोरोनाले थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १५ पुगेको जानकारी दिनुभएको छ ।

कोरोना संक्रमणले हालसम्म  सिन्धुपाल्चोक, बाँकेेेे, गुल्मी, बारा,  अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा र  स्याङ्जाका १/१  जना गरी १५ जनाको मृत्यु भएको छ ।