नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

 

२८ जेष्ठ, नेपालगञ्ज/ नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा नेपालमा पछील्लो २४ घण्टामा कोरोना भाइरसबाट २ सय ५७ पुरुष र २२ जना महिला सहित २ सय ७९ सङ्क्रमित पाइएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना पोजेटिभ हुने ब्यक्तीहरुको जम्मा संख्या ४ हजार ३ सय ६४ पुगेको छ । संक्रमित हुनेहरुमा बाँकेका ३ जना  बर्दियाका १ जना , दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, कपिलवस्तुका ४८ जना, नवलपरासी पश्चिमका ५ जना, चितवनका २ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना , सप्तरीका ६ जना, सर्लाहीका २५जना, उदयपुरका ३ जना, मोरङका ८ जना, झापाका ५ जना, उदयपुरका १ जना, नवलपुरका १ जना र सर्लाहीका २ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ । कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ ।