हाम्रो संरचना बिहिबार, असार २५, २०७७ 92 Views

 

Photo profile : कालीकोट सदरमुकाम खांडचक्र

२८ जेष्ठ, कालीकोट/  कालीकोटको लालीघाट स्थित कर्णाली नदीमा खसेर टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।  टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेर ज्यान जोगाएको घटना परेका ब्यक्तीहरुलाई उधृत गदै प्रहरीले जानकारी दिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीव बहादुर बस्नेतका अनुसार टिपरमा सवार २७ जना यात्रु सम्पर्कमा आएका छन् । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।