
२८ जेष्ठ, नेपालगञ्ज/ नेपाल सरकारले २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको छ ।
बुधबार सांझ बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक शिक्षा परीक्षा(एसईई)लाई राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाएर ब्यवस्थापन गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र विद्यालयहरुमा क्वारेन्टाइन बनाइएकोले ततकाल (एसईई) परीक्षा गर्ने वातावरण नभएकाले शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।
उक्त प्रस्तावमा सरकारले निर्णय गर्दै राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाएर मूल्याङकनलाई वैधता दिने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । २९ जेष्ठ २०७७, बिहीबार ०५:४२