नेपालमा संक्रमणको संख्या दैनिक बढदै शुक्रबार हाल सम्मकै सबै भन्दा बढी ४ सय ४८ जना संक्रमित

३० जेष्ठ नेपालगञ्ज/  नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा संक्रमण थपिएको जानकारी दिनुभएको छ ।

पछील्लो रिपोर्ट संगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ जना, धनुषा र बर्दियाका १५/१५ जना, झापा र पर्वतका १३/१३ जना, सिराहाका ११ जना, सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २/२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालका विभिन्न अस्पतालबाट ८ सय ७७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन भने  १६ जनाको मुत्यू भएको छ ।
देशभर हालसम्म १ लाख २१ हजार ८६२ ‘आरटि पीसीआर’ परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ जनाको ‘आरडीटी’ परीक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा ५ हजार ९ सय २५ आरटि पीसीआर परीक्षण गरिएको छ । देशभरका सबै ‘क्वारेन्टिन’मा हाल १ लाख ५८ हजार ५०  रहेका छन् भने‘आइसोलेसन’मा ४ हजार १ सय ६९ कोरोना संक्रमित रहेका छन् ।