३२ जेष्ठ, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितहरुको सख्या निरन्तर रुपमा बढेको बढयै छ ।
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा थप ४ सय २५ जनामा कोरोना संक्रमित भएको पाइएको जानकारी सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै आईतबार सम्म जना पुगेको जानकारी दिनुभएको छ । जसमा पुरुष ५ हजार ३ सय २४ जना र महिला ४ सय ३६ जना रहनुभएको छ ।
आइृतबार थप भएकाहरु संक्रमितमा बिराटनगर २७ जना, कोशी १० जना नारायणी अस्पताल बिरगञ्ज ३४ जना, पोखरा २ जना, सेती अस्पताल धनगढी ६४ जना, राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानमा ५६ जना, भेरीमा अस्पताल नेपालगञ्जमा ७ जना, रुपन्देहीमा ४७ जना, जनकपुरमा १८ जना, धुलिखेलमा २ जना, हेटौडामा २ जना, सुर्खेतमा ६९ जना, टेकु काठमाण्डौ.मा २५ जना राष्टिय प्रयोगशालामा ६२ जना रहेका छन ।
कोरोनाले थप एकको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ भने कोरोना संक्रमित हुने नेपालका ७७ जिल्लामा ७३ जिल्ला पुगेको जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । ३२ जेष्ठ २०७७, आईतवार १६:३९