प्रकृतिका पुजारी मगर समूदायको भूम्या पर्वमा पनि कोरोनाको असर

Photo: प्रकृतिका पुजारि मगर समूदायको भूम्या गाउं रुकुम, भूम्या पर्व, फाइल फोटो :मगर भूम्या पर्व प्रतिष्ठानको फेसबुकबाट

१ असार, नेपालगञ्ज/  नेपाल अनेक जात अनेक बर्णको सांझा फुलबारी हो । ति अनेक जात र बर्ण भित्रको एक फुल हो मगर जाती ।

नेपालमा अनेक जात जाती मध्य नेपालमा मगर समूदाय आफनो पौंरखीमा बिश्वास गर्ने इमान्दार, सोझो, दयालु र सहयोगी भावनाको आफनो भाष, धर्म, संस्कृती र परक्परामा पनि  बिशेष पहिचान बोकेका छन ।
मगर सुमदायले नयां वर्षको रुपमा ल्होछार र त्यसपछी दोस्रो ठुलो पर्वको रुपमा भुम्या पर्व मनाउने गर्दछन । प्रकृतिका पुजारीको रुपमा आफनो संस्कार, परम्परा र रिति रिवाजलाई मान्दै आएका मगर समूदायले जेष्ठको अन्तीम साताबाट सुरु गरेर असारको मसान्त सम्म भुम्या पर्व मनाउने गर्दछन ।

असारको १ गते न्य दिनभन्दा बिशेष किसिमले भब्यरुपले मनाउन सुरु गरि ५ दिन सम्म सामूदायिक जमघट भएर यो पर्व मनाउने गर्दछन ।
यो पर्वलाई मानव जातीको प्रकृति र वाताबरणसंग जोडिएको महत्वपुर्ण पर्वका रुपमा लिने गरिएको छ जुन आजका दिनमा बैज्ञानीकरुपमा मानव र प्रकृति बीचको सम्वन्धलाई ब्याख्या गर्ने गरिएको छ ।

मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा हरेक वर्ष बिभिन्न कार्यक्रम गरि पर्व मनाईने गरेपनि यस बर्ष कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा मगर समुदायले पनि ठुला कार्यक्रमहरुको आयोजना गरेका छैनन् ।

भुम्या पर्वमा मगर समुदायले जिवन दाताको रुपमा भूमिलाई देवताको रूपमा पुज्ने गर्दछन, साथै असारमा जमिनमा नै मानो रोपेर मुरी फलाउन भुमि देवतासंग मनोकामना गर्ने चलन रहेको छ। यो पर्वमा भूमिको पूजा गरे प्रकृतिकले साथ दिएर अनाज प्रसस्त रुपमा फल्ने र आईपर्ने विपत्तिहरुबाट समेत जोगाउने विश्वास गरिन्छ।

भुम्या पर्व प्रया सामूलायिक रुपमा सहभागी भएर पूजापाठ तथा नाचगान गरी मनाइन्छ। भुम्यामा सामूदायिक थान देवतालाई बलि दिने चलन पनि रहेको छ । थानमा पूजा गरिसकेपछि लगातार ५ दिनसम्म भूम्या नाच नाच्ने चलन पनि छ।

पश्चिम नेपालका पहाडी जिल्लाहरु रोल्पा,रुकुम,डोल्पा,म्याग्दी, क्षेत्र उदगम स्थल रहेका मगर जातिले मुख्य पर्वको रुपमा भुम्या र्वि धुमधामले मनाउने गर्छन् ।

भुम्या पर्व !

अथार मगरात क्षेत्रमा बसोबास गर्ने खाम मगर बोल्ने मगर समुदायले परापुर्व कालदेखि नै अति महत्वका साथ मनाउँदै आएको यो चाड यस क्षेत्रका मगरहरुले मनाउने मुख्य चाड मध्यको एक हो ।

मगर समुदाय भुमिलाई आफ्नो देवताको रुपमा मान्छन्  र यो भुम्या पर्व पनि भुमीलाई पुजा गर्नु हो । मगर समुदायको कर्मथलो कविलायुगदेखी नै प्रायः घरभन्दा बाहिर प्रकृतिसंगको सामिप्यतामा बढी हुने गरेको पाईन्छ ।

त्यस अवसरमा हरेक वर्षको आषाढ महिनाको एक गतेको समयलाई केन्द्र मानेर स्थानानुकुलता अनुसार भेला हुने पुजापाठ संगसंगै २२ चालमा नाँच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई नोगोबाङ्गे पनि भन्ने गरिन्छ ।

यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमी र भूमी देवतालाई पूजा गरेर मातृभुमिप्रति श्रदा र आदर प्रकट गर्नु हो । यो पर्वको अवसरमा गाउँका भद्र भलाद्मीहरु बसेर गाउँको जनप्रतिनिधि मुखिया जिम्वालका रुपमाचयन गर्ने चलन समेत रहेको छ । लोपोन्मुख चलन भएपनि केही ठाउँमा अगुवा चुन्ने चलन कायमै रहेको छ ।

भुम्या पर्व ! मनाईने शैली 

मगर समुदाय नेपालका आदिवासी जनजाति हुन् ।यिनिहरुको परापूर्वकाल देखी जमिन नै जिवनको रुपमा लिएर भुमिको पुजा गर्दै आएकोमा  मगर समुदायहरुको बसोबास पहाडी क्षेत्रमा रहेको र भौगोलिक विकटताका कारण पनि पहाडी क्षेत्रमा प्राकृतिक प्रकोप, दैवी विपत्ति बढी हुने हुनाले मगर समुदायले त्यसको रोकथामका लागि पनि भूम्या पर्व मनाउन सुरु गरेको भनाई रहेको छ ।

भूम्या पर्व मगरात क्षेत्रमा खाम बोल्ने मगर समुदायले निकै लामो समयदेखी मनाउँदै आएका छन् । बिशेष गरेर राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा यस पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । असार एक गते मनाईने भूम्या पर्वको तयारी एक महिना अगाडीबाट नै गर्ने चलन रहेको छ ।

भूमे मनाउने बिभिन्न बिधि र प्रक्रियाहरु 

भुम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ । नोगोपोमा अग्रज बुढापाकाहरुद्वारा भूम्या पर्वको उद्घाटन भैसकेपछि गाउँभरीका तरुना/तन्नेरीहरु गाउँका केही अग्रज बुढापाकाहरु सहित बाजागाजा बजाउँदै २०/२५ जना देखि ४०/४५ जना सम्मको समुह ३५ हजार देखि ५ हजार सम्मको उचाईमा बुकीको फूल टिप्न जान्छन् ।

जेठ महिनाको मसान्तको पहिलो दिन गाउँमा भूम्याको उद्घाटन गरिसकेपछि बुकी फूल टिप्न जाने समुह दिउँसो ३र४ बजेतिर बुकी तिर जाने गर्छन् । केही गाउँका अग्रजहरुको साथ गएको उक्त समुह बाटोभरी नाचगान गदै बाजागाजा सहित नास्ता पानी गर्दै जाने गर्छ ।

फूल टिप्न जाने युवतीहरु मगर भेषभुषा छिट्को गुन्यु, मखमलको चोलो, गादो ,भाङग्रो, पहेलो पटुकी, पुराना चाँदीका गहना, पहेलो, हरियो पोते चुरामा चिटिक्क परेका हुन्छन् भने युवाहरु मखमलको भोटो, घरमै भेडा तथा भाङ्गोबाट तयार पारेको कछाड, घरमै तयार पारेको पटुकी बाँधेर छड्के खकुरी भिरेर चिटिक्कै परेका हुँन्छन् ।

संगसंगै केटाहरुले भेडाको ऊनबाट तयार पारेको भोटो ओढेका हुँन्छन् भने युवतिहरु घरमा ऊनबाट तयार पारेको झोलाभरी घरमा बनाएका कोसेलीहरु बोकेर जाने गर्छन् । बुकी जाँदा लामो उकाली यात्रालाई सहज बनाउनका लागी युवायुवतीहरुले गीत गाउँदै रमाईलो गर्ने गर्छन् ।

गाउँको सबैभन्दा अग्लो उचाई ४ देखि ५ हजार मिटर अग्लो स्थानमा बुकीको फूल टिप्न जाने गरिन्छ । उक्त कामलाई मगर भाषामा नोगो जाने पनि भन्ने गरिन्छ । नोगोपोमा निकै चिसो हुने र पानी समेत नपाईने हुनाले गाउँका युवतीहरुले घरबाटै पानी, अर्नी पानी (नास्ता खानेकुरा) लिएर गएका हुन्छन् । सगुन स्वरुप जाँड, रक्सी पनि लग्ने गरिन्छ । नोगोपो जाने क्रममा संगै गएका दमाई थरका बाजा बजाउने कलाकारले उकालोभरी नै बाजा बजाएर मनोरन्जन गर्छन् ।

नोगोपो जाँने क्रममा एकै दिनमा पुग्न नसकिने भएका कारण सबैजना आधा बाटोमा रहेको गोठमा बास बस्ने गरिन्छ । बाटोमा रहेको उक्त गोठ सानो भएका कारण गाउँबाट गएको सबै समुहलाई बस्न ठाउँ सानो हुन्छ । त्यसकारण युवाहरु खुला आकाशमुनि रमाईलो गर्दै बस्छन् । चिसो कम गर्नका लागि सबै जना आगो बालेर आगो ताप्दै रात काट्ने गर्छन् । यसैगरी घरबाट लगेका रोटी, अचार लगायतका खानेकुरा सबैले मिलेर बाँडीचुडी गरी खाने गर्छन ।

बुकीमा चिसो लाग्छ भनेर लसुन, टिमुरको अचार बनाएर लैजाने गरिन्छ । रात काट्न सहज बनाउनका लागी बुढापाकाहरु यानीमाया गीत गाएर रमाईलो गर्ने गर्दछन् भने युवायुवतीहरु गित गाउने तथा नाचगान गरेर रमाईलो गर्ने गर्दछन् ।

उक्त समयमा नागोपोमा बिशेषगरी युवायुवती मात्र जाने भएको हुँनाले त्यही समयमा नै युवायुवतीको बिचमा माया बसेर बिवाह समेत गर्ने प्रचलन रहेको छ । रातभर रमाईलो गरेर रात काटिसकेपछी बिहानै ४ बजे सबैजना उठेर उचाईमा पाईने रंगिबिरंगी बुकीको फूल टिप्नका लागि सबैभन्दा उचाईमा रहेको स्थानमा जाने गर्छन ।

फूल टिप्ने क्रममा लाइन लागेर रमाईलो किसिमले पनि टिप्ने गरिन्छ । स्पटमा अलि अप्ठ्यारो ठाउँमा मात्र फूल पाईने हुनाले कस्ले बढी टिप्न सक्छ भनेर प्रतिस्पर्धा समेत हुने गर्छ । तर फूल भने अलि भिर भएको ठाउँमा मात्र पाईने हुँदा युवायुवती मात्र फूल टिप्ने गर्छन् भने बुढापाकाहरु फूल टिपिसकेपछी आएर गरिने बिधि, पुजाआजाको तयारी गर्ने गर्छन् ।

पन्थौली

नोगोपो जानेहरुले जाने, फर्किने क्रममा ठाउँ–ठाउँमा बसेर सल्लाको हाँगा काटेर मुर्ला बनाउने, त्यसमा धजा टङ्गाउने, अक्षता, ढुङ्गा, सक्क क्षेत्रमा फाल्ने काम गरिन्छ । त्यसठाउँमा सबैले थकाई मार्ने अर्निपानी खाने काम पनी गर्दछन् । फूल टिप्न जाने क्रममा धेरै ठाउँमा पन्थ्यौली बनाउँदै जाने चलन रहेको छ । त्यस ठाउँमा बाजा बजाउँदै नाचगान गर्ने चलन समेत रहेको छ । यो क्रम जाने आउने दुबै समयमा गर्ने गरिन्छ ।

न्याहो गित

बुकीको फूल टिपेर फर्कने क्रममा बाटोमा महिलाहरुले न्याउली चराको भाकामा गित गाउँदै फर्किने चलन रहेको छ । गित गाउँदै गाउँतिर फर्कदा गित गाउँदै रमाईलो गर्ने र बाटो काट्न पनी सजिलो हुँने हुँनाले यो गित गाउँने गरिन्छ । न्याहो गित गाउँदै बाटोभरी पन्थ्यौली बनाउँदै जेठको मसान्तको दिनमा साँझपख गाउँमा फर्किने गरिन्छ ।

गाउँमा रहेका अन्य गाउँलेहरु नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुँन्छन् । नाचगान तथा मेलाका लागी गाउँमा तयार पारिएको स्थानमा सबैजना नोगोपो गएकाहरुको पर्खाईमा रहेका हुन्छन् ।

२२ चालको नाँच

असार १ गते भुम्या थानमा भूम्या देवतालाई बलि दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाँच नाच्ने गरिन्छ । गाउँभरीका सम्पुर्ण महिला पुरुष, केटाकेटी, युवायुवती, बुढाबुढी सबै भूम्या नाच्ने ठाउँमा जम्मा हुन्छन्

। अनि प्रत्येक दिन पाँच दिनसम्म दमाहा, झ्याली, सहनाई लगायतको बाजाको तालमा भूमि देवतालाई पुग्दै नाच्ने गर्दछन् ।  मगरात क्षेत्रको मगर समुदायमा प्रचलित भेषभुषा महिलाहरुले मखमलको चोलो, छिट्को लुङ्गी, पहेलो पटुकी, मखमल तथा घरमै भाङ्गोद्वारा तयार पारिएको भाङ्ग्रो ९गादा०, नाक, कान, घाटीमा चाँदि तथा सुनका बिभिन्न गहनाहरु, मुङ्गा एवं पोतेका मालाहरु लगाएर हरियो, रातो, पहेंलो बिभिन्न रंगका पछ्यौरामा चिटिक्क परेका हुन्छन् भने पूरुषहरु घरमा तयार पारिएको घरेलु कपडाको छड्के, मखमलको भोटो घरमै तयार पारेको पटुकी, शिरमा टोपी, खुट्टामा पाइजामा, कम्मरमा खुकुरी भिरेर चिटिक्क परेर नाच्ने गरिन्छ ।

भुम्या पर्व सांस्कृतिकरुपमा जति महत्व छ त्यती नै प्रकृतिक रुपमा पनि महत्व छ । यस्ता पर्वले आपसको सम्बन्ध भातृत्व कायम गर्न मद्धत पुग्ने प्रदेश ५ प्रदेशसभाका सभामुख पुर्ण घर्ती बताउंछन् । उनले भुम्या पर्वका अवसरमा शुभकामना दिंदै समुदायको संस्कृति र पर्वले नेपालीको महिचान समेत स्थापित गर्ने भन्दै यसको संरक्षण सम्बर्धन गर्ने सबैको कर्तब्य भएको बताए ।

भुम्या पर्वकोअवसरमा रोल्पाको थवाङमा ऐतिहासिक मेला समेत लाग्ने गर्दथ्यो भने मगर बाहुल्य रहेका नेपालका बिभिन्न जिल्लाहरुमा मेला भर्ने चलन समेत रहंदै आएको थियो । खबरकुरामा प्रकाशित

 मगरहरुको भूमे पर्व र भूमे नाँच एक परिचय Clicks hres detail