आज पनि दैलख मा ९१ जना र सुर्खेतमा १९ जना कोरोना संक्रमितको

१ असार, बीरेन्द्रनगर/  कर्णाली प्रदेशका सुर्खेत र दैलेखमा कोरोना संक्रमितहरुको संख्या लगातार उकालो लागेको लाग्यै छ । गरि पछिल्लो २४ घण्टामा सुर्खेत र दैलेख थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण भएको पाईएको छ ।

सुर्खेतको बीरेन्द्रनगर स्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्रमा गरिएको परिक्षणमा दैलेखका ८८ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा आरटिपिसिआर बिधिबाट गरिएको परीक्षणबाट दैलेखका नै थप ३ जना गरि दैलेखका मात्र ९१ जनामा कोरोना संक्रमण भएको पाईएको हो ।

थपिएका संक्रमितहरु मध्ये दैलेख जिल्लाको नौमुल्य गाउंपालिका ८७ जना,दुल्लुका १ जना,देवलकांडाका १ जना र नारायण नगरपालकिाका २ जना रहेका छन ।

त्यसैगरि सर्खेतको सिम्ता वडानम्बर २ का २२ बर्षिय १ जना पुरुष ,बराहतालका ३ जना, चौकुनेका ३  जना, लेकबेसीका ४ जना,पन्चपुरीका ८ जना गरि कुल १९ जना कोरोना पोजेटिभ पाइएको बीरेन्द्रनगर स्थित सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा हाल सम्म १ हजार ७७ जना संक्रमित भएको पाइएको छ ।

सम्बन्धित शीर्षक