१ असार, नेपालगञ्ज/ देशका विभिन्न प्रयोगशालामा गरिएको आरटिपिसिआर परीक्षणअनुसार सोमबार थप ४ सय ५१ कोरोना भाइरसका संक्रमित पाईएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबारको तथ्यांकसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ। जसमा पुरुष ४ सय १६ जना र महिला ३५ जना रहनुभएको छ ।
स्वाब संकलन भएका मध्य सोमबार कोरोना संक्रमित पाईएकाहरुमा बिराटनगर स्थित प्रादेशीक प्रयोगशालामा गरिएको परिक्षणमा १ बिरगञ्जको प्रयोगशालामा ११ जना, पोखरामा ५ जना, सेती अस्पतालमा ९ जना,भेरी अस्पतालमा २४ जना, कर्णालीको जुम्लामा ५ जना, जनकपुरमा २४ जना, भरतपुरमा ७ जना, रुपन्देहीमा ७ जना, कोशीमा २५ जना, सुर्खेतमा १०७ जना, धुलीखेलमा ५ जना, दांगमा ४३ जना,हेटौडामा २५ जना, पाटनमा ३ जना, शुक्रराज ट्रपिकल केन्द्र १० जना, महाराजगञ्ज प्रयोगशालामा १ जना र राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा १ सय ३९ गरि कुल ४ सय ५१ जना संक्रमित फेला परेका हुन ।
मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार जिल्लागतरुवमा संक्रमित हुनेमा मोरङका २२, पर्साका १० जना, रौटहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका २१ जना छन् ।
यस्तै धनुषाका ४, नुवाकोटका ३, अर्घाखााँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिरहाका ४ जना संक्रमित भएका छन् ।
पीसीआर परीक्षणका लागि पोखरामा थप एक प्रयोगशाला व्यवस्था गरिएको छ प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार अब मुलुकभर २२ स्थानमा पीसीआर परीक्षण हुने भएको छ ।
त्यसैगरी निको भएर घर फर्किनेको संख्या १ हजार ४१ पुगेको छ । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।नेपालमा ७७ जिल्ला मध्य ७३ जिल्लाका ब्यक्तीहरुमा कोरोना संक्रमित भेटिएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ छ।
हाम्रो संरचना । १ असार २०७७, सोमबार १७:२४