गण्डकी सरकार दवारा प्रदेश सभामा ३४ अर्ब ८४ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)

१ असार,पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रदेश सभामा सार्वजनिक गरेको छ ।

यो  बजेट चालू आर्थिक वर्षको भन्दा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार बढी रहेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ १४ अर्ब ३४ करोड ५६ लाख ८४ हजार ४.२ 5 र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार ५७.४० % बजेट विनियोजन गर्नुभएको छ ।

प्रदेश सरकारले पहिलोपटक वित्तीय व्यवस्थापनतर्फ ५० करोड ९१.४ % बजेट विनियोजन गरेको छ ।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, सशर्त अनुदान ४ अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान १ अर्ब ५७ करोड ३७ लाख , रोयल्टीबाट ३० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब ६० करोड ८५ लाख ६० हजार राखिएको छ ।

बाँकी रहेको ९ अर्ब पूर्ति गर्न चालू आर्थिक वर्षमा खर्च भइ बाँकी रहने मौज्दात ७ अर्ब, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँगको ऋणबाट १ अर्ब व्यहोरिने जनाइएको छ । कान्तीपुरबाट लिइएको हो ।

प्रस्तुत बजेट पूर्ण पाठ…