२ असार , नेपालगञ्ज/ नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ८० जना ब्यक्तीमा कोरोना संक्रमण भएको पाईएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछील्लो रिपोर्ट संगै संक्रमित हुनेहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको बताउनु भएको छ । जस मध्ये १९ जनाको मृत्यु भएको र १ हजार १ सय ९८ जना डिस्चार्ज भई घर फर्किएका छन् ।
पछिल्लो २४ घन्टामा संक्रमित हुने जिल्लागत ब्यक्तीहरुमा बाँकेका १ जना, सुर्खेतका ४ जना, सल्यानका १ जना, रोल्पाका १ जना, दैलेखका ५ जना, अछामका १ जना, रुपन्देहीका १ जना, रामेछापका १ जना, झापाका १ जना, पाँंचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, पर्साका २ जना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, कास्कीका ३ जना, सप्तरीका ३ जना, स्याङ्जाका ४ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, गोरखाका १० जना, बैतडीका २१ जना छन् ।
त्यस्तै डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बर्दियाका ९ जना, अर्घाखाँचीका ९ जना, धनुषाका २१ जना, दाङका ५६ जना, काठमाडौं १ जना, महोत्तरीका ७२ जना, मोरङका १ जना, रौटहटका १४ जना, रुपन्देहीका ३ जना र सर्लाहीका १६ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल देशभरका क्वारेन्टिनमा १ लाख ३७ हजार १४९ जना छन् ।
हाम्रो संरचना । २ असार २०७७, मंगलवार १७:०८