३ असार, नेपालगञ्ज/ नेपालमा कोरोना संक्रमितहरुको दिनहु सयौंको सख्यामा बृद्धि हुनेक्रम जारि रहेको छ ।
बुधबार पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा बुधबार ६ हजार ३६ जनाको आरटिपिसिआर परिक्षण गरिएकोमा थप ५ सय ८६ जनामा कोरोना संक्रमित भएको जानकारी सार्वजनिक गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। ले पछील्लो पटक थप संक्रमितहरुको सख्या सार्वजनिक गर्दै बुधबार सम्म नेपालमा संक्रमित हुनेहरुको सख्या ७ हजार १ सय ७७ जना पुगेको जानकारी दिनुभएको छ ।
सेती अस्पताल धनगढीको ल्याबमा गरिएको परिक्षणमा ७ जना पोजेटिभ पाइएका छन ।
सुर्खेत स्थित प्रदेश स्तरिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना कोरोना पोजेटिभ पाईएको छ ।
धरान स्थित बिपि स्वास्थ्य बिज्ञान पतिस्ठानमा गरिएको परिक्षणमा ५जना कोरोना पोजेटिभ भेटिएका छन । नारायणी अस्पतालमा गरिएको परिक्षणमा ६ जना पोजेटिभ पाइएको छ ।
त्यसै गरि जनकपुरमा गरिएको परिक्षणमा २७ जना, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३३ जना, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १४ जना र
रुपन्देहीमा गरिएको परिक्षणमा ५९ जना पोजेटिभ पाइएको छ ।
बुधबारको रिपोर्ट अनुसार बिराटनगर स्थित कोशी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा ११ जना पोजेटिभ पाईएको छ । काठमाण्डौं स्थित जन स्वाथ्य प्रयोगालामा गरिएको परिक्षणमा २६५ जना पोजेटिभ पाइएकोे छ । त्यसैगरि टिचिंगमा २० जना, भेरीमा २० जना, भरतपुरमा ९९ जना पोजेटिभ पाइएको छ ।
यसरी बुधबार गरिएको परिक्षणमा ५ सय ८६ जना कोरोना पोजेटिभ पाइएकोमा जस अन्तरगत ५ सय ४६ जना पुरुष र ४० जना महिला रहनुभएको छ ।
बुधबारको पोजेटिभ संख्या जोडेर नेपालमा हाल सम्म कोरोना पोजेटिभ हुने जम्मा संख्या ७ हजार १ सय ७७ जना पुगेको छ । कोरोना पोजेटिभ भएका मध्य १ हजार १ सय ६७ जना निको भएर घर फर्किसकेका छन । जसमा १ हजार ५५ जना पुरुष र १ सय १२ जना महिला रहेका छन ।
त्यसै गरि हाल सम्म २० जनाको मुत्यू भएको छ भने नेपालका ७३ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ ।
हाम्रो संरचना । ३ असार २०७७, बुधबार १६:३५