नेपालमा कोरोनाबाट २३ जनाको मुत्यू, ९ हजार २६ जना संक्रमित

७ असार, नेपालगञ्ज/  नेपालमा कोरोना भाईरस संक्रमितहरुको आईतबार थप ४ सय २१ जना थपिएका छन । आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंमा रहेका सरकारी ल्याबहरुमा गरिएको परिक्षणमा बिभिन्न ७५ जिल्लाका ६४ जना महिला र ३ सय ५७ जना पुरुष गरि ४ सय २१ जनामा कोरोना संक्रमित भएको जानकारी सार्वजनिक गरेको छ ।

यो पछील्लो तथ्यांक सगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या ९ हजार २६ जना पुगेको छ । संक्रमित हुनुहुनेहरुमा ८ सय २० जना महिला र ८ हजार २ सय ६ जना पुरुष रहनुभएको छ ।

नेपालमा ४ महिला र १९ जना पुरुष गरि हाल सम्म २३ जनाको कोरोनाबाट मुत्यू भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

आइतबार कोरोना  संक्रमित हुनेमा …….

बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।